बहिष्कार

मिडिया अवार्डले पत्रकार महासंघमा विवाद‚ केन्द्रीय समिति बैठक बहिष्कार

काठमाडौं : नेपाल पत्रकार महासंघका १७ जनाभन्दा बढी केन्द्रीय सदस्यले अध्यक्ष विपुल पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन्। कपिलवस्तुको तौलिहवामा बोलाइएको बैठकमा पुगेका केन्द्रीय सदस्यले बहिष्कार गरेका हुन्।

केन्द्रीय सदस्यहरू बैठक कक्षबाट बाहिरिएपछि बिहान १० बजे सुरू हुने भनिएको बैठक बस्न सकेको छैन। सहमतिको प्रयासमा अहिले पदाधिकारीहरूको बैठक बसिरहेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।

महासचिव रोशन पुरीले अध्यक्ष पोखरेललाई बैठकको अध्यक्षता गरिदिन आग्रह गर्नसाथ केन्द्रीय सदस्यहरूले मिडिया अवार्ड र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको सिफारिस पत्रमा महासंघ अध्यक्ष पोखरेलको हस्ताक्षरको विषयमा प्रश्न उठाउँदै यी विषय सम्बोधन नभएसम्म बैठक सुरु हुन नसक्ने बताएका थिए।

बहिष्कार गरेकाहरूले छानविन समिति बनाउन माग गरेका छन्। महासंघकी उपाध्यक्ष बाला अधिकारीको उपस्थितिबारे पनि प्रश्न उठेको छ। केन्द्रीय सदस्यहरू रामकृष्ण अधिकारी, सुनिल खड्का, बबिन शर्मा, माधव पौडेल, शान्तराम बिडारी, ज्ञानहरि पौडेन, दीपेन्द्र शर्मा, राधा नेपालीलगायत बैठक कक्षबाट बाहिरिएका छन्।

ड्रिम हाइ नेपाल नामक इभेन्ट म्यानेजमेन्ट कम्पनीले पुस २४ गते काठमाडौंको सोल्टी होटल आयोजना गरेको अवार्ड कार्यक्रममा महासंघका केही पदाधिकारीले महासचिव पुरीको हस्ताक्षरको दुरुपयोग गरेको बताइएको छ। उनीहरूले आर्थिक लोभमा उक्त काम गरेको केही सदस्यहरूको दाबी छ।
यस्तै‚ उपाध्यक्ष अधिकारीले केही समय अघि सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनमा सदस्यको उम्मेदवार दिएकी थिइन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न