बहिष्कार

मिडिया अवार्डले पत्रकार महासंघमा विवाद‚ केन्द्रीय समिति बैठक बहिष्कार

काठमाडौं : नेपाल पत्रकार महासंघका १७ जनाभन्दा बढी केन्द्रीय सदस्यले अध्यक्ष विपुल पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन्। कपिलवस्तुको तौलिहवामा बोलाइएको बैठकमा पुगेका केन्द्रीय सदस्यले बहिष्कार गरेका हुन्।

केन्द्रीय सदस्यहरू बैठक कक्षबाट बाहिरिएपछि बिहान १० बजे सुरू हुने भनिएको बैठक बस्न सकेको छैन। सहमतिको प्रयासमा अहिले पदाधिकारीहरूको बैठक बसिरहेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।

महासचिव रोशन पुरीले अध्यक्ष पोखरेललाई बैठकको अध्यक्षता गरिदिन आग्रह गर्नसाथ केन्द्रीय सदस्यहरूले मिडिया अवार्ड र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको सिफारिस पत्रमा महासंघ अध्यक्ष पोखरेलको हस्ताक्षरको विषयमा प्रश्न उठाउँदै यी विषय सम्बोधन नभएसम्म बैठक सुरु हुन नसक्ने बताएका थिए।

बहिष्कार गरेकाहरूले छानविन समिति बनाउन माग गरेका छन्। महासंघकी उपाध्यक्ष बाला अधिकारीको उपस्थितिबारे पनि प्रश्न उठेको छ। केन्द्रीय सदस्यहरू रामकृष्ण अधिकारी, सुनिल खड्का, बबिन शर्मा, माधव पौडेल, शान्तराम बिडारी, ज्ञानहरि पौडेन, दीपेन्द्र शर्मा, राधा नेपालीलगायत बैठक कक्षबाट बाहिरिएका छन्।

ड्रिम हाइ नेपाल नामक इभेन्ट म्यानेजमेन्ट कम्पनीले पुस २४ गते काठमाडौंको सोल्टी होटल आयोजना गरेको अवार्ड कार्यक्रममा महासंघका केही पदाधिकारीले महासचिव पुरीको हस्ताक्षरको दुरुपयोग गरेको बताइएको छ। उनीहरूले आर्थिक लोभमा उक्त काम गरेको केही सदस्यहरूको दाबी छ।
यस्तै‚ उपाध्यक्ष अधिकारीले केही समय अघि सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनमा सदस्यको उम्मेदवार दिएकी थिइन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा