नेपाली सृजनाको विस्तार

ओहायोमा आप्रवासी नेपाली गीतकार संघको बृहत् भेला

अमेरिका, मंसिर ८

अमेरिकामा रहेका नेपाली गीतकारहरूको साझा मञ्च ‘आप्रवासी नेपाली गीतकार संघ, अमेरिका’ले आफ्नो प्रथम वार्षिक साधारण सभा सन् २०२५ फेब्रुअरी २, (अर्थात २०८१ माघ २१ गते ) ओहायो राज्यको रेनल्डसबर्ग शहरमा गर्ने घोषणा गरेको छ । यस ऐतिहासिक भेलालाई सफल र स्मरणीय बनाउन संघले विभिन्न कार्यक्रमहरूको तयारी गरिरहेको छ ।

 

 

सरस्वती पूजाको दिनलाई अवसर बनाएर आयोजना गर्न लागिएको यस सभामा नेपाली गीत, साहित्य र सांगीतिक क्षेत्रका विभिन्न चर्चापरिचर्चा हुनेछन् । यस अवसरमा केही नयाँ कृतिहरूको लोकार्पण, सांस्कृतिक प्रस्तुतिहरू र साहित्यिक छलफलहरू समेत हुनेछन् । संघका अध्यक्ष हरि उप्रेतीले कार्यक्रममा सम्भव भएसम्म सबै सर्जकहरूको उपस्थिति सुनिश्चित गराउने अपेक्षा गरिएको बताउनुभयो ।

 

 

संघका संरक्षक, वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालले सभा केवल साधारण बैठक मात्र नभई आगामी योजनाहरूको खाका प्रस्तुत गर्ने ऐतिहासिक अवसर हुने योजना सुनाउनु भयो । ‘उत्तर अमेरिकामा रहेका नेपाली सर्जकहरूको पहिचान र योगदानलाई अझ प्रोत्साहन दिन हामी यो कार्यक्रमलाई भव्य बनाउने प्रयासमा छौं ।’ उहाँले भन्नुभयो ।

 

 

यो मञ्च नेपाली साहित्य, विशेषतः गीत रचनाको संरक्षण, प्रवर्द्धन, र विश्वव्यापीकरणको उद्देश्यले स्थापना गरिएको हो । संघले प्रत्येक वर्ष सरस्वती पूजाकै दिन वार्षिक साधारण सभा गर्ने निणर्य गरेको छ। यसले नेपाली साहित्य र संस्कृतिको महत्वलाई अझै बलियो बनाउने विश्वास संघका पदाधिकारीले व्यक्त गरेका छन् ।

 

 

संघले सबै नेपाली साहित्यकार, गीतकार र संगीतकर्मीहरूलाई कार्यक्रममा सहभागी भई नेपाली सृजनाको एकताबद्ध शक्ति प्रदर्शन गर्न आह्वान गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही