नेपाली सृजनाको विस्तार

ओहायोमा आप्रवासी नेपाली गीतकार संघको बृहत् भेला

अमेरिका, मंसिर ८

अमेरिकामा रहेका नेपाली गीतकारहरूको साझा मञ्च ‘आप्रवासी नेपाली गीतकार संघ, अमेरिका’ले आफ्नो प्रथम वार्षिक साधारण सभा सन् २०२५ फेब्रुअरी २, (अर्थात २०८१ माघ २१ गते ) ओहायो राज्यको रेनल्डसबर्ग शहरमा गर्ने घोषणा गरेको छ । यस ऐतिहासिक भेलालाई सफल र स्मरणीय बनाउन संघले विभिन्न कार्यक्रमहरूको तयारी गरिरहेको छ ।

 

 

सरस्वती पूजाको दिनलाई अवसर बनाएर आयोजना गर्न लागिएको यस सभामा नेपाली गीत, साहित्य र सांगीतिक क्षेत्रका विभिन्न चर्चापरिचर्चा हुनेछन् । यस अवसरमा केही नयाँ कृतिहरूको लोकार्पण, सांस्कृतिक प्रस्तुतिहरू र साहित्यिक छलफलहरू समेत हुनेछन् । संघका अध्यक्ष हरि उप्रेतीले कार्यक्रममा सम्भव भएसम्म सबै सर्जकहरूको उपस्थिति सुनिश्चित गराउने अपेक्षा गरिएको बताउनुभयो ।

 

 

संघका संरक्षक, वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालले सभा केवल साधारण बैठक मात्र नभई आगामी योजनाहरूको खाका प्रस्तुत गर्ने ऐतिहासिक अवसर हुने योजना सुनाउनु भयो । ‘उत्तर अमेरिकामा रहेका नेपाली सर्जकहरूको पहिचान र योगदानलाई अझ प्रोत्साहन दिन हामी यो कार्यक्रमलाई भव्य बनाउने प्रयासमा छौं ।’ उहाँले भन्नुभयो ।

 

 

यो मञ्च नेपाली साहित्य, विशेषतः गीत रचनाको संरक्षण, प्रवर्द्धन, र विश्वव्यापीकरणको उद्देश्यले स्थापना गरिएको हो । संघले प्रत्येक वर्ष सरस्वती पूजाकै दिन वार्षिक साधारण सभा गर्ने निणर्य गरेको छ। यसले नेपाली साहित्य र संस्कृतिको महत्वलाई अझै बलियो बनाउने विश्वास संघका पदाधिकारीले व्यक्त गरेका छन् ।

 

 

संघले सबै नेपाली साहित्यकार, गीतकार र संगीतकर्मीहरूलाई कार्यक्रममा सहभागी भई नेपाली सृजनाको एकताबद्ध शक्ति प्रदर्शन गर्न आह्वान गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका