साहित्यको प्रभाव

छ न त छ उसको पनि राहदानी के गर्नु ?

धनकुटा ७ का उदयबहादुर श्रेष्ठ ‘कुमार’ले मेरा गजलहरु युट्युबमा निक्कै पहिले देखि सुन्नु हुँदोरहेछ, हेर्नु हँुदोरहेछ । र, निक्कै मन पराउनु हुँदोरहेछ ।आफ्नो सामाजिक सञ्जालमा पनि शेयर गर्नु हुँदोरहेछ । उहाँले आफ्नो प्रदेश १-०२,००३ त,२६५८ नं को गाडीमा मेरा दुई शेरहरु लेख्नु भएछ ।
उहाँले गाडी चलाउन थालेको १४ साल भएछ । जिन्दगीको ३३ सालले उहाँलाई तमाम हण्डर दिएको रहेछ । गाडीको चाबी बक्समा राहदानी सँगै उन्नत जिन्दगीको सपनालाई कच्याककुचुक पारेर बन्द गरेर उहाँ १४ सालदेखि अझैँ भोक र पेटसँगको लडाईसँग हाँस्दै लडिरहनु भएको छ । जसरी तपाईँ र म पनि आ-आफ्नो ठाउँमा भोक र पेटसँग लडिरहेछौँ ।
हण्डर खाएको मानिस अक्सर साहित्य, संगीत, कलातर्फ झुकाब राख्छ नै । साहित्य, संगीत सामान्य मान्छेको बसको बात होइन, यसै भनिएको होइन होला ।
यो तस्वीर मलाई धनकुटाबाट केही समय अघि मेरा पुज्य दाजी कवि मुकुन्द प्रयासले बडो खुशी हँुदै पठाउनु भएको हो । तस्वीर देखेपछि म निक्कै खुशी भएँ र उहाँसँग आफु बात गर्न निक्कै उत्सुक रहेको बोलें । मुकुन्द दाजीले कुमार जी को नम्बर उपलब्ध गराइदिनु भएपछि मैले कुमार जीसँग ५ मिनेट १ सेकेण्ड फोनमा बात गरेँ । उहाँले आफुले धेरै सालदेखि सुन्दै, हेर्दै आएको व्यक्तिको अचानक फोन आउँदा सर्प्राइज भएको भन्दै खुशी व्यक्त गर्नु भयो ।
केही सालअघि काठमाडौँ-पोखरा-बाग्लुङको गाडीमा मेरा शेरहरु लेखिएको तस्वीरहरु पाए थेँ । त्यो भन्दा पहिले झापा-धरानको टेम्पोमा पनि मेरा शेरहरु लेखिएका थिए ।
मैले गजल लेखेर कमाएकै यही हो । नेपाली गजल यहाँसम्म पुग्नु नै म र मेरालागि भयंकर ठूलो बात हो ।
मुकुन्द दाजी सहित कुमार जीलाई सतसत आभार । ईश्वरले उहाँका सबै प्रार्थनाहरु कबुल गरुन् ।
घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु ?
तिमी छैनौ भएर यो जवानी भएर के गर्नु ?
न खान दिन्छ न भोक मेटाउँछ पेटको ।
छ न त छ उसको पनि राहदानी के गर्नु ॥
                                                                                                                               कैलाली टीकापुर, हाल – काठमाडौं

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल