हत्या 

एक महिलाको उखुबारीमा शरीरको विभिन्न भाग जलेकोअवस्थामा शव फेला

 

 

सर्लाही : गत पुस २३ गते सर्लाहीको बरहथवामा मृत अवस्थामा फेला परेकी एक महिलाको हत्यामा संलग्न तीन जनालाई   प्रहरीले सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यलय बरहथवाले घटनामा संलग्नहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। गत पुस १७ गतेबाट वेपत्ता भएकी बरहथवा नगरपालिका–१०, निवासी सुरत रामकी श्रीमती ३२ बर्षकी सावित्री कुमारी महराको घरबाट केही टाढा उखु बारीमा शव फेला परेको थियो।

महिलाको शव सोही वडास्थित उखुबारीमा शरीरको विभिन्न भाग जलेको अवस्थामा फेला परेको थियो।

घटनामा हरिवन नगरपालिका–१०, ताइवानका २७ वर्षका सन्तोष साह, सोही ठाउँका २७ वर्षकै मुकेश ब्लोन र २२ वर्षका रोहित हजरा संलग्न रहेको खुलेको छ। घटनाको अनुसन्धानका क्रममा घटनामा उनीहरुको संलग्नता पाइएको ईलाका प्रहरी कार्यलय बरहथवाका प्रमुख डिएसपी उमा शंकर यादवले जानकारी दिए।

अनुसन्धानबाट मृतक महिला र अभियुक्त सन्तोष साहबीच केही समययता प्रेमसम्बन्ध रहेको खुलेको थियो।

सोही सम्बन्धका कारण मृतक महिलाले अभियुक्त सन्तोषलाई आफूलाई बिहे गर्न (भगाउन) बारम्बार दबाब दिँदै आएकी थिइन्। विवाहित सन्तोषले भगाउन नसक्ने भएपछि गाउँकै दुई साथीहरुलाई केही पैसा दिने लोभसमेत देखाएर हत्या गरेका प्रहरीले जनाएको हो।

प्रहरीले घटनामा प्रयोग भएको एक थान मोटरसाईकल तथा घटनास्थलबाट बरामद भएको सामाग्री समेत पत्रकार सम्मेलनको क्रममा सार्वजनिक गरेको थियो।

मृतक महिलाका श्रीमान् विगत १० बर्षदेखि रोजगारीको शिलशिलामा कतारमा रहेका थिए। उनी गत २ बर्ष पहिला मात्र नेपाल आएर गएका थिए। उनीहरुको १२ र ५ बर्षका दुई छोरा र ८ बर्षकी एक छोरी गरी तीन सन्तान रहेको पारिवारिक स्रोतले जनाएको छ।

यसरी भएको थियो घटना

मृतक महिलाका श्रीमान् सुरत लामो समयदेखि बैदेशिक रोजगारीमा रहेका थिए। उनले कमाएको पैसाले उनीहरुले पहिलाको घरबाट केही पर केही जग्गा किनेर घर बनाएका थिए। उनले यस पहिला देखि नै आफुले कमाएको पैसा श्रीमतीलाई पठाउँदै आएका थिए।

सुरतका अनुसार यस पटक पनि विभिन्न समयमा गरी श्रीमतीलाई दश लाखको हाराहारीमा पैसा पठाइसकेका थिए। जग्गा किन्ने क्रममा जग्गा दलाल गर्ने सन्तोषसँग मृतक महिलाका बुवाको चिनजान भएको थियो। सोही चिनजान श्रीमान सुरत हुँदै मृतक महिलामा आएर जोडिएको थियो। जग्गा किन्न भनेर मृतक महिलाले सन्तोषलाई २ लाख बैना समेत दिएकी थिइन्।

यसरी उनीहरुको नियमित भेटघाट र फोन सम्पर्क भएको प्रहरीको भनाई छ। त्यसपछि उनीहरु नियमित भेट गर्ने विभिन्न काम पर्दा सन्तोष महिलाको घरमा पुग्ने गरेका थिए।

मृतक महिलाका श्रीमानले पठाएको पैसा उनीहरुले खर्च गरेको देखिएको छ। भेटघाटको समय बित्दै जाँदा महिलाले सन्तोषलाई आफुसँग बिबाह गर्न र भगाउन दबाब दिन थालिन्।

मृतक महिलाका श्रीमान पनि घर फर्कने दिन नजिकिदै जाँदा उनलाई तनाव बढ्दै गएको थियो। गत पुष १७ गते महिलाले फोनमा सन्तोषलाई आफुलाई भगाउन दवाव दिइन। सन्तोषले पनि हुन्छ भनिदिए।

त्यसपछि घटनामा संलग्न तिनै जना अभियुक्तहरू एक होटलमा बसेर सँगै मदिरा सेवन गरे। सोही क्रममा सन्तोषले साथीहरुसँग आफ्नो समस्या राख्छन्। साथीहरुले महिलाको हत्या गर्ने उपाय सुझाउँछन्।

त्यसपछि सन्तोषले केही पैसा दिने लोभ देखाएर दुई साथीसँग सहयोग माग्छन्। साथीहरु मुकेश र रोहितले साथ दिने योजना बनेपछि सन्तोषले आफू लिन आउँदै गरेको बताउँदै राति ८ बजेतिर तयार बस्न महिलालाई आग्रह गर्छन्।

त्यसपछि उनीहरु महिलाको घरतर्फ हानिन्छन्। पूर्व योजना बमोजिम सन्तोषले दुई जनालाई कटानी स्थित उखुघारीमा लुकेर बस्न अह्राउछन्। आफू महिलालाई लिन जान्छन्।

महिलालाई लिएर आएका सन्तोष साथीहरु लुकाएको ठाउँमा आइपुगे पछि पिशाव फेर्ने बहानामा मोटरसाईकल रोकेर  उखु घारीतिर लाग्छन्। त्यसलगतै तिनै जना आएर महिलाको मुख र घाँटीमा थिचेर हत्या गर्छन्।

त्यसपछि उनीहरुले शव उखुबारीमा फालिदिन्छन्। घटनाको प्रमाण मेटाउने उद्देश्यले उनीहरुले महिलाको कपडा खोलेर राखी मोटर साइकलबाट मिनरल वाटरको बोतलमा पेट्रोल झिक्छन्। सोही पेट्रोल छर्किएर जलाउन खोज्दा उनीहरुसगँ लाइटर नभएपछि फेरी बरहथवा स्थित बजारमा रहेको एक पसलबाट दुईवटा चुरोट र लाइटर किनेर फेरी महिलाको शव भएको स्थानमा पुग्छन्।

मोटरसाईकल तयारी अवस्थामा राखेर आगो लगाई उनीहरु त्यहाँबाट फर्कन्छन्। यसरी महिलाको हत्या गरेर जलाएका उनीहरुले महिलासगँ रहेको ब्याग समेत सँगै लगेका हुन्छन्।

सो ब्याग समेत केही वर सोल्टी गेट नजिकै चेक गर्दा पैसा फेला नपरे पछि ब्याग त्यहीँ फालेर उनीहरु घर फर्कन्छन्। स्थानीयले शव देखेपछि गत पुस २३ गते प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर परीक्षणको लागि जिल्ला अस्पताल पुर्‍याउँछन्।

घटनाको एक हप्तापछि गत पुस २४ गते सन्तोष साह र २७ गते  मुकेश ब्लोन र रोहित हजरालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको