घटना

श्रीमानको कुटाइबाट श्रीमती को मृत्यु

 

 

झापा/
मोरङको पथरीशनिश्चरेकी एक जना युवतीको आफ्नै पति (श्रीमान)को कुटाइबाट ज्यान गएको छ । मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङका अनुसार पथरीशनिश्चरे नगरपालिका-२ बुद्ध चोकका ३३ वर्षीय जय शर्माले प्लाष्टिकको पाइपले कुटेर पत्नी (श्रीमती) १९ वर्षीया पूजा विकको हत्या गरेका हुन् । मादक पदार्थ सेवन (मापसे) गरेर घरमा आएका जयले गत पुस ३० गते पत्नीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।

पतिको कुटाइबाट गम्भीर घाइते भएकी पूजालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । पूजाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

गम्भीर अवस्थामा अस्पताल भर्ना गरिए पनि उपचार हुन नसकेपछि फर्काएर घर लैजाँदै गर्दा शनिबार साँझ बाटैमा पूजाको मृत्यु भएको डीएसपी मुकारुङले बताए । पत्नीको हत्यामा संलग्न जयलाई पक्राउ गरिसकिएको र उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो