प्रधानमन्त्री ओलीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन

‘आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न बिजनेस टावरले महत्वपूणर् भूमिका खेल्ने’

दमक, मंसिर २३
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न झापाको दमकस्थित बिजनेस टावरले महत्वपूणर् भूमिका खेल्ने बताउनु भएको छ ।

 

नेपालकै अग्लो टावरका रुपमा निर्माण भएको दमक ३ स्थित ‘दमक बिजनेस कम्प्लेक्स’को आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । कुल १ सय मिटरको १८ तले टावरको प्रसंग अघि सार्दै उहाँले सो क्रममा भन्नु भयो ‘यो ठूलो सफलता हो । यो खाले भवन देशकै सवैभन्दा अग्लो, पहिलो हो । कुरा बुझ्न समय लाग्छ । दमकलाई यो टावरले मूख्य रुपमा चिनाउँछ, स्मार्ट सिटी बन्दै जान्छ अनि यही टावरका नाताले झापा चिनिन्छ । विकासको गति कसरी अघि बढ्दै जान्छ भन्ने कुरा यसले देखाउँछ । यसले रोजगारीको अवस्था समेत सिर्जना गर्दै जान्छ ।’

 

संसारमा धेरै ठाउँमा टावर रहेका र त्यसले आर्थिक समृद्धिमा महत्वपूणर् भूमिका निर्वाह गरेको प्रसँग अघि सार्दै उहाँले दमकमा यसखाले ऐतिहासिक बिजनेस टावर निर्माणमा जग्गा प्रदान समेत गरेर योगदान गर्नेहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले प्रदेशकै उन्नतीमा दमकको औद्योगिक पार्क अघि बढ्ने जनाउँदै त्यसले निकै ठूलो भूमिका निर्वाह गर्ने र लाखौंलाई रोजगारी दिने प्रसंग समेत अघि सार्नुभयो । दमकमा सञ्चालन भएको सहाराविहीन मानवहरुको उद्धार र सेवाका लागि गरिएको काम प्रशंसनीय भएको जनाउँदै त्यसका लागि सरकारले सघाउने समेत उल्लेख गर्नुभयो ।

 

उहाँले नेपाली कांग्रेससँगको सहकार्यमा गरिबी निवारण, रोजगारीसहित नेपालको समृद्धिका लागि अघि बढेको तथा विकासकोे पूर्वाधार तयार गर्र्दै गरेको अवस्थामा अफवाह फैलाउने तत्वहरु पनि सल्बलाउने दुस्साहस गरेको जनाउनु भयो । ‘दुई दलको सहकार्यको नयाँ उचाई र नयाँ सहमतिले हामी देश बनाउन लागेका छौं । ऋण खाओ नतिर भन्ने र विभिन्न अफवाह फैलाउनेहरुलाई जनताले चिनिसके । सहकारी ठगी गर्नु जस्तो पनि हुँदैन देश चलाउन ।’ उहाँले भन्नुभयो ।

 

सहकारी विकास मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता गर्नुभएका उपप्रधान तथा सहकारी विकास मन्त्री प्रकाशमान सिंहले यस्ता भवनले आर्थिक विकासमा महत्वपूणर् भूमिका निर्वाह गर्ने विचार राख्नु भयो । विभिन्नखाले व्यापारिक र कार्यालयका लागि उपयुक्त भवन रहेको जनाउँदै भन्नुभयो ‘देशको विशिष्ट संरचनामध्येको दमकको यो संरचनाले निकै महत्व राख्छ ।’

 

कार्यक्रमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ठूला व्यापारिक घरानाहरुले दमकको बिजनेस टावरमा व्यवसायका लागि जोडिन सम्पर्क गरिरहेको जनाउँदै हजारौंलाई रोजगारी दिने र व्यापारिक केन्द्रका रुपमा यो ठाउँको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
हालको सरकारको कामले १७ प्रतिशत बढी राजश्व बृद्धि भएको अवस्थामा अफवाह फैलाउनेहरुलाई कानुनको दायरामा ल्याउनुपर्ने समेत उल्लेख गर्नुभयो ।

यसक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीहरुमध्येबाट उद्धव थापाले सो टावर महत्वपूणर् बिजनेट टावर भएको उल्लेख गर्दै यसको निर्माणमा अग्रसर प्रधानमन्त्री ओलीको कदमले उद्योगी व्यवसायीको सपना साकार पार्ने ठूलो प्रयत्न भएको धारणा राख्नु भयो ।

 

दमक नगर प्रमुख रामकुमार थापाले दमकको मात्र नभएर प्रदेशकै गौरबको टावर भएको जनाउनु भयो । टावरको व्यवस्थापनमा नगरपालिकाको सहभागिता रहोस् भनेर नगरले निणर्य गरेको अवस्थामा संघीय सरकारले नगरसँगको कुनै समन्वय नगरेको विषय समेत राख्नु भयो । उहाँले प्रधामन्त्री ओली समक्ष सडक मानव व्यवस्थापन, भूमि आयोगको निरन्तरता, दमकका सडकहरु निर्माण, दमक रवि सडक निर्माणका विषय उठाउनु भएको थियो ।

 

उल्लेख्य जनसहभागिता रहेको कार्यक्रममा टावरका लागि करिब ५ विगाहा जग्गा प्रदान गर्ने जग्गादाता, आयोजना प्रमुखहरु, प्राविधिकहरु, निर्माण कम्पनीसहितलाई सम्मानित गरिएको छ ।
टावरकोे वरिपरी पानीका फोहोरा, आकर्षक बत्तीसहितको मनोरमस्थल तयार छ ।

२०७६ असार २७ गते प्रधानमन्त्री ओलीले यसको शिलान्यास गर्नुभएको थियो । एक सय मिटर अग्लो सो कप्लेक्स १८ तलामा विजाजित छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । कुल एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ रुपैयाँ लागत लाग्ने सुरुको सम्झौता रहेकोमा परियोजना सम्पन्न हुँदा ५ दशमलव ४ प्रतिशत लागत मूल्य बढेको सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीले जनाएको छ । जस अनुरुप यसको लागत एक अर्ब ४५ करोड हुन पुगेको छ । चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले टावर निर्माणको जिम्मा पाएको थियो ।

तस्वीर – डिडस गजुरेल

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि