औद्योगिक समस्यामा सरकार गम्भिर छ : मुख्यमन्त्री कार्की

विराटनगर, पुस १२
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले वर्तमान समयमा भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।

 

शुक्रबार सुनसरीको इटहरीमा उद्योग संगठन मोरङले आयोजना गरेको व्यवसायिक सुरक्षा र स्वास्थ्य व्यवस्थापन प्रणाली विषयक गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सो धारणा राख्नु भएको हो । उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले निजी क्षेत्रसँंग सहकार्य गरिरहेको जानकारी दिनुहुँदै भन्नुभयो ‘समस्या समाधान गर्न सरकार गम्भिर छ नै । यसमा पनि अहिले देखिएका समस्याको समाधान गर्दै, औद्योगिक कामदारले भोग्नु परेका समस्याहरुका विषयमा गोष्ठीको निष्कर्षले मद्दत पुग्ने विश्वास लिएको छु ।’

 

गोष्ठीको निष्कर्ष सरकारलाई औद्योगिक सुरक्षा र स्वास्थ्य सम्बन्धि नीति बनाउनका लागि समेत कोशेढुंगा सावित हुने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।
उद्योग संगठन मोरङसँग प्रदेश सरकारले निरन्तर सहकार्य र अन्तरक्रिया गरिरहेको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन सफल बनाउन पनि सल्लाह सुझाव पाइरहेको उल्लेख गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि