विद्यालक्ष्मीमा विज्ञान प्रदर्शनी, विद्यार्थीमा खुसी

दमक, पुस १४
केही समयअघि व्यवस्थापन परिवर्तन भएको झापाको दमक ४ स्थित कृष्णमन्दिरमा रहेको विद्यालक्ष्मी सेकेन्डरी स्कुलले विद्यार्थीहरुको सिकाईलाई थप प्रभावकारी बनाउन आज विज्ञान प्रदर्शनी गरिएको छ ।

 

विद्यार्थीलाई सृजनशील बनाउने योजना अनुरुप विद्यार्थीहरुबीच पुस १२ मा खेलकुद तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्यक्रम सम्पन्न गरेको ३ दिनपछि यसखाले प्रदर्शनी राखिएको हो । जसमा सौर्यमण्डलका बारेमा फोरडी एनिमेशनमार्फत तयार गरिएको सामग्री प्लानेटरियम् डोम शो मा पालैपालो सबैखाले विद्यार्थीकालागि प्रस्तुत गर्दै त्यसका बारेमा व्याख्या समेत गरिएको छ । जसलाई दमक ९ स्थित साइन्स भिजन एक्जिविसन एण्ड प्लानेटरियमले प्रस्तुत गरेको यसका प्रस्तुतकर्ता दीपेन्द्र चौलागाईंले उल्लेख गर्नुभयो ।

 

विद्यार्थीहरुले त्यसलाई चाख मानेर हेर्नुमात्र होइन उनीहरु निकै रमाए । सौर्यमण्डलको जानकारीसहितको पृथ्वीमा भएका जीवतन्तुसहितका माध्यमबाट मनोरञ्जनात्मक भिडियोसमेत प्रस्तुत हुँदा विद्यार्थी रमाउनेस्थलसमेत बन्न पुग्यो ।

 

विद्यार्थीहरुले पाठ्यपुस्तकमा पढ्दै आएको विषयलाई थप आकर्षक रुपमा बुझाएर शिक्षण सिकाईलाई प्रभावकारी बनाउन यसखाले प्रदर्शनी राखिएको विद्यालयका संयोजक दीप न्यौपानेले उल्लेख गर्नुभयो ।

 

२०५१ सालमा स्थापित कक्षा १० सम्मको सो विद्यालयमा हाल २ सय ५८ जना विद्यार्थी अध्ययनरत छन् ।

Share: