भूकम्पको क्षति बुझ्‌ने काम हुँदै : प्रहरी

दमक, पुस २३
चीन केन्द्रबिन्दु भएर आज बिहान नेपालमा कडा धक्का दिएको भूकम्पले क्षति पुर्‍याए/नपुर्‍याएकोबारे विवरण संकलनको काम भइरहेको छ ।

 

आज बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको दिङ्गे काउन्टीमा थियो । काठमाडौंसहित यससँग नेपालका नजिकका जिल्ला सोलुखुम्बु, संखुवासभा, दोलखा र ताप्लेजुङमा भूकम्पको धक्का बढी महसुस गरिएको थियो भनें नेपालका अन्य जिल्लामा समेत भूकम्प महसुस भएको थियो । ती जिल्लाका प्रहरी अधिकृतहरुले भूकम्पको कडा धक्का महसुस भएको र क्षति भए/नभएकोबारे बुझ्ने काम भइरहेको जनाएका छन् । अहिलेसम्म क्षतिको विवरण भने नआएको उल्लेख छ ।

 

 

लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर दुरीमा भूकम्पको इपिसेन्टर नेपालका भूगर्भविदले जनाएका छन् । नेपाल–चीन सीमा क्षेत्रमा रहेका हिमतालहरु जोखिमयुक्त मानिन्छन् । यदि ती विष्फोट भएमा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्ने विज्ञहरु बताउँछन् ।

Share: