घटना

हराएको १२ दिनपछि जङ्गलमा भेटियो एक युवाको शव

anusanda

विराटनगर  मोरङको केराबारी गाउँपालिका–८ का २६ वर्षिय बाबुराम भट्टराई हराएको १२ दिनपछि मृत भेटिएका छन् । उनको शव आइतबार चारकोशे जङ्गलमा फेला परेको हो ।

खोर्साने केराबारी सडकको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झण्डै २ किलिमिटर पूर्व देविझोडा जाने भित्रि सडकदेखि १ किलोमिटर उत्तर चारकोसे जंगलभित्र ढलेको रुखको जराभित्र लुकाई राखेको अवस्थामा शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भट्टराई गत पौष २७ गतेदेखि हराईरहेका थिए ।

केराबारी भोगटेनी रामपुर चल्ने सार्वजनिक बसमा सहचालक रहेका भट्टराई मच्छिन्द्र मेला लागिरहेको समयमा पौष २८ गते बेलुकादेखि हराएका थिए ।

उनी सम्पर्कमा नआएपछि हुलियासहित हराएको उजुरी प्रहरीमा दिएको दाजु भुपेन्द्र भट्टराइले बताए । पौष २३ देखि २९ सम्म लागेको मच्छिन्द्र मेलामा २८ गते मङ्गलबार दिउँसोसम्म मेला गएको उनलाई देखेको स्थानियको भनाई छ ।

मेला झगडा भएको र हत्या गरेपछि शव लुकाउन जंगलमा फालेको हुनसक्ने भएकोले प्रहरीले गहन रुपमा अनुसन्धान गरि घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषिलाई सार्वजनिक गरि कारवाही गरिनुपर्ने आफन्तको माग रहेको छ ।

गाइवस्तु चराउँन गएका केराबारी ८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले दुर्घन्ध आएपछि हेर्न जाँदा कुहिएको अवस्थामा रुखको जराभित्र लुकाई राखेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको प्रकृति हेर्दा उनको हत्या गरी फालिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको  इलका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक सरोज खनालले बताए । ‘घटनाको सबैकोटबाट अनुसन्धान भइरहेको छ,’ उनले भने ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।