घटना

हराएको १२ दिनपछि जङ्गलमा भेटियो एक युवाको शव

विराटनगर  मोरङको केराबारी गाउँपालिका–८ का २६ वर्षिय बाबुराम भट्टराई हराएको १२ दिनपछि मृत भेटिएका छन् । उनको शव आइतबार चारकोशे जङ्गलमा फेला परेको हो ।

खोर्साने केराबारी सडकको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झण्डै २ किलिमिटर पूर्व देविझोडा जाने भित्रि सडकदेखि १ किलोमिटर उत्तर चारकोसे जंगलभित्र ढलेको रुखको जराभित्र लुकाई राखेको अवस्थामा शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भट्टराई गत पौष २७ गतेदेखि हराईरहेका थिए ।

केराबारी भोगटेनी रामपुर चल्ने सार्वजनिक बसमा सहचालक रहेका भट्टराई मच्छिन्द्र मेला लागिरहेको समयमा पौष २८ गते बेलुकादेखि हराएका थिए ।

उनी सम्पर्कमा नआएपछि हुलियासहित हराएको उजुरी प्रहरीमा दिएको दाजु भुपेन्द्र भट्टराइले बताए । पौष २३ देखि २९ सम्म लागेको मच्छिन्द्र मेलामा २८ गते मङ्गलबार दिउँसोसम्म मेला गएको उनलाई देखेको स्थानियको भनाई छ ।

मेला झगडा भएको र हत्या गरेपछि शव लुकाउन जंगलमा फालेको हुनसक्ने भएकोले प्रहरीले गहन रुपमा अनुसन्धान गरि घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषिलाई सार्वजनिक गरि कारवाही गरिनुपर्ने आफन्तको माग रहेको छ ।

गाइवस्तु चराउँन गएका केराबारी ८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले दुर्घन्ध आएपछि हेर्न जाँदा कुहिएको अवस्थामा रुखको जराभित्र लुकाई राखेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको प्रकृति हेर्दा उनको हत्या गरी फालिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको  इलका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक सरोज खनालले बताए । ‘घटनाको सबैकोटबाट अनुसन्धान भइरहेको छ,’ उनले भने ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको