युवालाई उद्यमी बनाउन दमक ६ मा निःशुल्क कपाल काट्ने तालिम

दमक, फागुन १४
युवाहरुलाई आफ्‌नै ठाउँमा रोजगारमा वा स्वरोजगार बनाउन मद्यत गर्न भन्दै दमक ६ मा निःशुल्क कपाल काट्ने तालिम दिइएको छ । वडाको वार्षिक बजेटमै समावेश गरेर यहाँ कपाल काट्ने तालिम दिइएको हो । १ लाख रुपैंयाँमा १० जनालाई ४५ दिनसम्म कपाल काट्ने तालिम दिइएको छ । यसबाट यहाँ सिक्नेहरुले कपाल काट्न सिक्ने र सिकेको सीपलाई आफ्‌नै ठाउँमा रोजगार वा स्वरोजगार बन्ने योजना बनाएको बताउनु हुन्छ प्रशिक्षार्थीमध्येका युमेशजंग बस्नेत र सीतादेवी श्रेष्ठ ।

 

दमक ६ देवकोटा चोकमा रहेको प्रोफायल यूनिसेक्स सैलुनले दमक ६ नम्वर वडाबाट पठाइएका सहभागिहरुलाई कपाल काट्न सिकाइरहेको छ । आधुनिक तरिकाले समय अनुसारको शैली र मेसिन र उपकरणको समेत प्रयोग गर्न सिकाइरहेको र ४५ दिन भित्रमा कपाल काट्न मात्रै नभएर यस सम्बन्धीका सबै औजार चलाउन जान्ने बनाउने गरी तालिम दिइरहेको संस्थाका प्रशिक्षक तिलक पिठाकोटेको भनाइ छ ।

 

वडाले यहाँ रहेका युवाहरुकालागि बिभिन्न सीपयूक्त तालिमहरु सञ्चालन गरिरहेको छ । त्यसबाट युवाहरुले आफ्‌नो क्षमताको विकास गरी सीपको सदुपयोग गरिरहेको पनि पाइएको छ । यो तालिमबाट पनि वडाले आफ्‌नै ठाउँमा रोजगार बन्न सकुन भन्ने लक्ष रहेको वडाध्यक्ष टेकबहादुर थापाले बताउनु भयो ।

 

सकेसम्म आफ्‌नै ठाउँमा काम गर्न, विदेश नै गएपनि यहाँ सिकेको सीपले भविष्य निर्माण गर्न सहज होस् भन्ने योजना वडाका रहेको बताइएको छ । तालिम लिनेहरुले निःशुल्क तालिम भनेर वेवास्ता नगरी दत्तचित्त भएर सिक्ने हो भने सीपले संंसारभर कमाइ गराउन सक्ने छ ।

https://www.facebook.com/share/v/164KuYCAzV/

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि आम्दा अस्पतालको सहयोग, आर्थीक देखि स्वास्थ्य सेवा सम्म

दमक, १९ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेकाहरूका लागि दमकस्थित आम्दा अस्पतालले आर्थिक सहयोग गर्नुका साथै प्रभावित क्षेत्रमा एक महिनासम्म स्वास्थ्य सेवा प्रदान

भोटेकोशी बाढीमा १ हजार २९३ शव फेला, ४ हजार ८९८ अझै बेपत्ता

काठमाडौं , भदौ १९। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण

१० औँ दिनमा सुरुङबाट दुई जनाको सकुशल उद्धार पछि गृहमन्त्रीद्वारा उद्धार टोलीको प्रशंसा

काठमाडौँ ,१९ भदौ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताउनु भएको छ ।भोटेकोशी

‘म कहाँ छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुस’ : गृहमन्त्री

काठमाडौँ ,१९ भदौ। गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाफ दिनु भएको छ। शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरुङले वर्षौँदेखि हामीले वास्तविक

भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

काठमाडौं , भदौ १९ । नेपाल सरकारले भोटेकोशी बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि ल्याएको राहत तथा सहुलियत प्याकेजको नाडा अटोमोबाइल्स एशोसिएशन अफ

जनकपुर–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी तीव्र

जनकपुरधाम,१९ भदौ । जनकपुरधाम देखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार रेलवे कम्पनीका पदाधिकारीबीच छलफल