नजिकै अर्को पनि शंकास्पद खाल्डो

उखुबारीमा शंकास्पद दुई खाल्डा : एउटामा शव, अर्कोमा उत्खनन गरिंदै

 

 

 

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा खाल्डामध्ये एउटामा पुरुषको शव फेला परेको छ । अर्को खाल्डोमा प्रहरीले उत्खनन गर्दै छ ।

बुधबार उखु काट्न पुगेका किसानले उखुबारी भित्र खाल्डो खनेर केही पुरेको जस्तो शंकास्पद अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए । साेही दिन बेलुका उत्खनन् गरेको प्रहरीले अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको हो ।

लगाएको कपडासहित गाडिएको अवस्थामा फेला परेका पुरुषको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले मृतकको पहिचान गर्ने प्रयास पनि गरिरहेको छ ।

करिब पाँच फिट गहिरो खाल्डोबाट निकालिएको शवको अनुहार पहिचान गर्न नसक्ने अवस्थामा छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

नजिकै अर्को पनि शंकास्पद खाल्डो

शव उत्खनन गरेको स्थान नजिकै शंकास्पद अर्काे खाल्डो पनि फेला परेको छ । शव गाडेको आशंकामा प्रहरीले सो खाल्डो पनि उत्खनन गर्ने तयारी गरेको डिएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार बुधबार उत्खनन गरिएको खाल्डो भन्दा करिब २० मिटर टाढा उखुबारी भित्रै खाल्डो भेटिएको हो ।

प्रहरीले सो खाल्डो उत्खनन गर्ने तयारी गरिरहेको धनपालथान गाउँपालिका–७ का वडा अध्यक्ष  हरिप्रसाद यादवले बताए । उनका अनुसार त्यो खाल्डोमा पनि शव हुनसक्ने आशंकामा उत्खनन गर्न लागिएको हो ।

खाल्डो उत्खननका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहितको टोली घटनास्थलमा छ । ‘बुधबार शव निकालिएको खाल्डो नजिकै खाल्डो खनेर पुरेको जस्तो माटो देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘ढिलो सूचना आएका कारण हिजो एउटा मात्रै उत्खनन गरियो, आज अर्काे उत्खनन गर्ने तयारी छ ।’

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।