नजिकै अर्को पनि शंकास्पद खाल्डो

उखुबारीमा शंकास्पद दुई खाल्डा : एउटामा शव, अर्कोमा उत्खनन गरिंदै

 

 

 

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा खाल्डामध्ये एउटामा पुरुषको शव फेला परेको छ । अर्को खाल्डोमा प्रहरीले उत्खनन गर्दै छ ।

बुधबार उखु काट्न पुगेका किसानले उखुबारी भित्र खाल्डो खनेर केही पुरेको जस्तो शंकास्पद अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए । साेही दिन बेलुका उत्खनन् गरेको प्रहरीले अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको हो ।

लगाएको कपडासहित गाडिएको अवस्थामा फेला परेका पुरुषको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले मृतकको पहिचान गर्ने प्रयास पनि गरिरहेको छ ।

करिब पाँच फिट गहिरो खाल्डोबाट निकालिएको शवको अनुहार पहिचान गर्न नसक्ने अवस्थामा छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

नजिकै अर्को पनि शंकास्पद खाल्डो

शव उत्खनन गरेको स्थान नजिकै शंकास्पद अर्काे खाल्डो पनि फेला परेको छ । शव गाडेको आशंकामा प्रहरीले सो खाल्डो पनि उत्खनन गर्ने तयारी गरेको डिएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार बुधबार उत्खनन गरिएको खाल्डो भन्दा करिब २० मिटर टाढा उखुबारी भित्रै खाल्डो भेटिएको हो ।

प्रहरीले सो खाल्डो उत्खनन गर्ने तयारी गरिरहेको धनपालथान गाउँपालिका–७ का वडा अध्यक्ष  हरिप्रसाद यादवले बताए । उनका अनुसार त्यो खाल्डोमा पनि शव हुनसक्ने आशंकामा उत्खनन गर्न लागिएको हो ।

खाल्डो उत्खननका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहितको टोली घटनास्थलमा छ । ‘बुधबार शव निकालिएको खाल्डो नजिकै खाल्डो खनेर पुरेको जस्तो माटो देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘ढिलो सूचना आएका कारण हिजो एउटा मात्रै उत्खनन गरियो, आज अर्काे उत्खनन गर्ने तयारी छ ।’

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले