दमक, चैत ७
चीनले लागुऔषध मुद्दामा दोषी ठहर चार क्यानेडियनलाई मृत्युदण्ड दिएको छ ।
क्यानेडियन अधिकारीहरूले यो खबरको पुष्टि गरेको बीबीसीले जनाएको छ । उनीहरूसँग दोहोरो नागरिकता भएको तर तिनको परिचय परिवारको अनुरोधमा गोप्य राखिएको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरूलाई बताउनु भयो ।
क्यानडास्थित चिनियाँ दूतावासले क्यानाडाली नागरिकले गरेका अपराधको ठोस र पर्याप्त प्रमाण रहेको जिकिर गर्दै क्यानडालाई ‘गैरजिम्मेवार टिप्पणी बन्द गर्न’ आग्रह गरेको छ । चिनियाँ दूतावासले बेइजिङले ‘सम्बन्धित क्यानेडियन नागरिकहरूको अधिकार र हितको पूर्ण ग्यारेन्टी’ गरेको पनि उल्लेख गरेको छ । चिनियाँ प्रवक्ताले क्यानडा सरकारलाई चीनको न्यायिक सार्वभौमसत्ता प्रति सम्मान गर्न आग्रह पनि गरेको रिपोर्टमा उल्लेख छ ।









