स्वस्थ जीवनका लागि बजारमा अर्गानिक कौशी खेतीमा जोड

 

 

दमक, चैत ११
दमक नगरपालिकाका सहरीकरण भएका वडा वडामा कौशी खेतीको कार्यक्रम अन्तर्गत पछिल्लो पटक वडा नम्बर ६ ले ३ दिने तालिमसँगै अर्गानिक उत्पादनका लागि आवश्यक बीउ, मलसहितका सामग्री वितरण गरेको छ ।

 

सबैभन्दा बढी बजार क्षेत्र रहेको वडा नम्बर ६ ले कौशी खेतीको तालिम समापनका अवसरमा आइतबार प्रांगारिक मल, यो सिजनमा रोपिने सागसब्जीका बीउ, पोलि ब्याग र पानी हाल्ने हजारीसमेत सहभागिलाई प्रदान गरेको छ ।

 

समापनका अवसरमा प्रमुख अतिथि नगरको सामाजिक विकास समिति संयोजक सारदा भट्टराईले कौशी खेती गरी विरुवाहरुसँग रमाएर अर्गानिक सागसब्जीको आवश्यकता टार्न यसखाले कार्यक्रमले सघाउने बताउनु भयो ।

 

कार्यक्रममा वडा अध्यक्ष टेकबहादुर थापाले स्वाथ्यलाई ध्यानमा दिएर भान्सा नै हो औषधालय भन्ने अवधारणाबाट अघि बढाएर पछिल्ला वर्षमा कौशी खेतीका रुपमा लगिएको प्रसंग अघि सार्दै सिकेको सीपलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । आफ्‌नो आयु वढाउन आफैंले अर्गानिक उत्पादन गर्नुको विकल्प नभएको उहाँको भनाई छ ।

 

कार्यक्रममा कार्यपालिका सदस्य वीणाकुमारी साह, कमला बस्नेत खाती, सामाजिक व्यक्तित्व बुद्धिशेखर भट्टराईको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागि प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

 

तालिमको कृषि प्राविधिक रुपक बुढाथोकी र सविना पराजुलीले सहजीकरण गर्नुभएको थियो ।
तालिमका प्रशिक्षार्थीमध्ये सुनौलो टोल विकास समिति सचिव हस्तबहादुर कटुवालले तालिमले कौशी खेतीकालागि प्रभावकारिता हाँसिल भएको बताउनु भयो ।

 

४० जनाको सहभागिता रहेको तालिमका लागि १ लाख बजेट विनियोजन गरिएको वडा सचिव प्रकाश घिमिरेले जनाउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु

बाठमान्डौ,१७ भदौ । संसद्‌मा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सम्बोधन थाल्नु भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा उहाँले रसुवा बाढीपीडितबारे सम्बोधन गर्नु भएको हो। भदौ १०

जर्मनीको आरोप ड्रोन आक्रमणमा रुस जिम्मेवार,

जर्मनीले गत महिना लाइपजिग विमानस्थललाई लक्षित गर्दे गरेको ड्रोन आक्रमणमा रुस जिम्मेवार रहेको आरोप लगाएको छ। साथै, जर्मनीले मस्कोविरुद्ध नयाँ कदमहरू घोषणा गरेको छ। जर्मनीका

शव व्यवस्थापन र बेपत्ताको खोजीमा जुट्यो प्रहरी

काठमाडौं ,१७ भदौ। बाढीको भेल रोकिए पनि त्यसले छाडेको मानवीय पीडा र चुनौती रोकिएको छैन । उद्धार र खोजी अभियानसँगै नेपाल प्रहरी अहिले पहिचान हुन

गण्डकीका नवनियुक्त मन्त्री देवकोटाले लिए शपथ

बाठमान्डौ,१७ भदौ ।  गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटाले प्रदेश प्रमुख डिल्लीराज

पेट्रोलियम र दुईपांग्रेलाई एकतर्फी, अन्य गाडी सुरुङमार्ग हुँदै आवतजावत

काठमाडौं,१७ भदौ । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । बुधबार बिहान सडकको केही भाग भासिएपछि

केन्द्रीय समिति बैठकमा सुदन किराँती समूहले ‘असहमति’ दर्ज गराउने

बाठमान्डौ,१७ भदौ । श्रम संस्कृति पार्टीको धरानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार वरिष्ठ नेता सुदन किराँतीसहितका नेताहरू सहभागी भएका छन्। मंगलबार सुरु भएको