विमानस्थलको गोदामै भरियो, दुई सय मेट्रिक टनभन्दा बढी सामान अड्कियो

गत फागुन ११ गते बसेको भन्सार कार्यालयको व्यापार सहजीकरण सम्बन्धी बैठकले कार्गो तथा कुरियरमार्फत् आउने व्यावसायिक सामानहरू समेत व्यक्तिगत प्रयोजनको भनेर घोषणा गर्ने प्रवृत्ति देखिएको भन्दै यसमा कडाइ गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्टदेखि भन्सार कार्यालयहरूले जाँचपास कडाइ गर्न थालेपछि भन्सार विन्दुमा सामान थुप्रिने गरेको हो ।

दमक, चैत १४/
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध चलखेल हुने गर्दछ । त्यसलाई नियन्त्रणमा भन्सार कार्यालयको कडाइका कारण दुई सय मेट्रिक टनभन्दा बढी सामान भन्सारमा अड्किएको छ ।

 

विमानस्थल कार्यालयले झिटीगुन्टा र व्यावसायिक सामानको जाँचपासमा कडाइ गर्न थालेपछि विमानस्थलको गोदाम नै भरिने गरी सामान थुप्रिएको हो । भन्सारले विदेशबाट आउने सामग्रीलाई दुई भागमा विभाजन गरेको हुन्छ– पहिलो, व्यावसायिक र दोस्रो, व्यक्तिगत मालवस्तु । विदेशबाट आउँदा व्यक्तिगत तथा घरायसी प्रयोजनका लागि ल्याइने निश्चित परिमाणका वस्तुलाई भन्सारले महसुल छुट दिने व्यवस्था गरेको छ । यस्तो सामानलाई झिटीगुन्टा भन्ने गरिन्छ । यसबाहेकका सामानलाई भने व्यावसायिक मालवस्तु भनिन्छ । यसमा तोकिएको दरमा भन्सार तथा आयात निर्यातसबन्धी अन्य प्रक्रियागत व्यवस्थासमेत लागु हुन्छ ।

 

कार्गो तथा कुरियर सेवा प्रदान गर्ने कम्पनीमार्फत् व्यक्तिले पठाएको सामानलाई पनि झिटीगुन्टाकै सरह मानेर भन्सार छुट दिइँदै आएको थियो तर, सोही माध्यमबाट व्यावसायिक सामान ल्याउँदा भने भन्सार महसुल लिएरमात्रै जाँचपास गरिँदै आएको थियो । गत फागुन ११ गते बसेको भन्सार कार्यालयको व्यापार सहजीकरण सम्बन्धी बैठकले कार्गो तथा कुरियरमार्फत् आउने व्यावसायिक सामानहरू समेत व्यक्तिगत प्रयोजनको भनेर घोषणा गर्ने प्रवृत्ति देखिएको भन्दै यसमा कडाइ गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्टदेखि भन्सार कार्यालयहरूले जाँचपास कडाइ गर्न थालेपछि भन्सार विन्दुमा सामान थुप्रिने गरेको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु

बाठमान्डौ,१७ भदौ । संसद्‌मा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सम्बोधन थाल्नु भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा उहाँले रसुवा बाढीपीडितबारे सम्बोधन गर्नु भएको हो। भदौ १०

जर्मनीको आरोप ड्रोन आक्रमणमा रुस जिम्मेवार,

जर्मनीले गत महिना लाइपजिग विमानस्थललाई लक्षित गर्दे गरेको ड्रोन आक्रमणमा रुस जिम्मेवार रहेको आरोप लगाएको छ। साथै, जर्मनीले मस्कोविरुद्ध नयाँ कदमहरू घोषणा गरेको छ। जर्मनीका

शव व्यवस्थापन र बेपत्ताको खोजीमा जुट्यो प्रहरी

काठमाडौं ,१७ भदौ। बाढीको भेल रोकिए पनि त्यसले छाडेको मानवीय पीडा र चुनौती रोकिएको छैन । उद्धार र खोजी अभियानसँगै नेपाल प्रहरी अहिले पहिचान हुन

गण्डकीका नवनियुक्त मन्त्री देवकोटाले लिए शपथ

बाठमान्डौ,१७ भदौ ।  गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटाले प्रदेश प्रमुख डिल्लीराज

पेट्रोलियम र दुईपांग्रेलाई एकतर्फी, अन्य गाडी सुरुङमार्ग हुँदै आवतजावत

काठमाडौं,१७ भदौ । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । बुधबार बिहान सडकको केही भाग भासिएपछि

केन्द्रीय समिति बैठकमा सुदन किराँती समूहले ‘असहमति’ दर्ज गराउने

बाठमान्डौ,१७ भदौ । श्रम संस्कृति पार्टीको धरानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार वरिष्ठ नेता सुदन किराँतीसहितका नेताहरू सहभागी भएका छन्। मंगलबार सुरु भएको