दमक, चैत १४/
कोशी प्रदेशमा हालसम्मको राजस्व सङ्कलन र खर्च प्रवृत्तिले आर्थिक विकासमा सुधार देखिएको छ ।
सङ्घीय सरकारले दिने सङ्घ सशर्त अनुदानमा ५६.५ प्रतिशतले कमी आए पनि हालसम्मको प्रदेशको आर्थिक विकासमा सुधार भएको देखिएको हो ।
प्रदेशमा गत आर्थिक वर्षको फागुन महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको फाल्गुन मसान्तसम्ममा प्रदेशको कुल खर्चमा १०.९ प्रतिशतले वृद्धि भएको छ । विकास योजनाहरूमा वृद्धि, पूर्वाधार निर्माणमा थप लगानी र स्थानीय तह अनुदानमा बढोत्तरीका कारण खर्च बढेको आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले बताउनु भयो । कोशी प्रदेशमा हालसम्म १२ अर्ब, ३१ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । जुन कुल खर्चको ३४.९ प्रतिशत खर्च प्रगति भएको छ । जसमा चालु खर्च ३९.९ प्रतिशत र पुँजीगत खर्च २७.३ प्रतिशत भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
कोशी प्रदेशमा पुँजीगत खर्च ४ अर्ब ५१ करोड ५२ लाख र चालू खर्च तर्फ ५ अर्ब ५५ करोड २८ लाख खर्च भएको छ । आर्थिक वर्ष ३०.२ प्रतिशत मात्रै खर्च प्रगति भएको थियो ।









