शाहीकालीन अत्याचार भोगेका पत्रकारको सुझाव

ज्ञानेन्द्र शाहलाई ‘पूर्वराजा’ होइन, ‘शाह वंशका अन्तिम राजा’ भनौं

रजकजीको यो विभत्स हत्यापछि फेरि हामी सडकमा उत्रन बाध्य भएका छौं । खुसी र उल्लासका साथ पत्रकार महासंघको स्थापना दिवस मनाउनुपर्ने दिनमै सडक संघर्षमा उत्रन हामीलाई बाध्य पार्ने समुहलाई कदापि राजनीतिक प्राणी मान्न सकिंदैन ।

हिजो अपरान्हदेखि नै देशभरका सञ्चारकर्मीको मनमा वेचैनी बढेको छ । हिजो दिनभर तिनै पत्रकारहरुले पत्रकार महासंघको स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमहरुमा सरिक भएर आपसमा खुसी साटेका थिए । संघीय राजधानी काठमाडौंका मिडिया हाउसमा काम गर्ने धेरै श्रमजीवी पत्रकारलाई भने त्यस्ता कार्यक्रममा सरिक हुने चाँजो नै मिलेन । कारण थियो— आफूलाई राजावादी बताउने समुह र माओवादीसहितको समाजवादी मोर्चाले आयोजना गरेका प्रदर्शन तथा सभाको रिपोर्टिङमा बिहानैदेखि फिल्डमा जोतिनै पर्ने पेशागत बाध्यता ।

देशमा ठूल्ठूला विपत्तिका घटना हुन् या झडप र प्रदर्शन, सबैठाउँमा अग्रमोर्चामा देखापर्छन् पहेँलो प्रेसज्याकेट लगाएका फोटो पत्रकारहरु । हात र काँधमा बडेमाका क्यामेरा, तिनमा प्रयोग हुने थरिथरिका लेन्स, बुममाइक, त्यसमाथि क्यामेरा व्याग बोकिरहँदा पनि उनीहरुले आफ्नो ज्यान भन्दा पेशागत धर्मको बढी माया गरिरहेका हुन्छन् । जोखिम देख्दादेख्दै पनि उनीहरु सकेसम्म फिल्डमा खटिएर फोटो÷भिडियो खिच्न आतुर देखिन्छन् । प्रतिस्पर्धी मिडियाहाउसका सहकर्मीको भन्दा छिटो र उत्कृष्ट फोटो÷भिडियो कसरी निकाल्ने ध्याउन्नमा उनीहरुले भोकप्यास, जाडो–गर्मी सबै भुलिरहेका हुन्छन् ।

हुन त फोटोपत्रकारजत्तिकै जोखिममा फिल्डमा खटिएका अरु पत्रकार पनि हुन्छन् । तर, क्यामेरा बोक्नेहरुले जति समाचार लेख्नेले भीडको अघिपछि फुटबलको एम्पाएर जस्तो दौडिनु भने पक्कै पर्दैन ।

प्रसङ्ग हिजोकै ।

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समुहले प्रदर्शनसहित सभा गर्दै थियो । उता भृकुटीमण्डपमा प्रमुख प्रतिपक्षी दल माओवादी सहित समाजवादी मोर्चाले लाखौं मान्छे उतारेर राजावादी भनिनेहरुलाई चुनौती दिइरहेको थियो । दुबै कार्यक्रम मिडियाहाउसका लागि ‘विग मसला’ बन्नेवाला थिए । त्यसैले पनि क्यामेरापर्सन र रिपोर्टरहरु बिहानैदेखि व्यस्त हुने नै भए ।

यही व्यस्तताका बीच एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकसहित दर्जनौं सञ्चारकर्मी तीनकुनेमा खटिएका थिए । सुरुदेखि नै लोकतन्त्र पक्षधरविरुद्ध उग्र नारावाजीमा उत्रेका राजावादी समुहले सुरक्षाकर्मीको घेरा तोडेर उद्दण्डता देखाउन थालेपछि फोटो पत्रकारहरु असिनपसिन हुँदै सुरक्षाकर्मी र प्रदर्शनकारीलाई पछ्याउन थाले । यस क्रममा कतिपय फोटो पत्रकार आसपासका अग्ला घरमाथि चढेर सुरक्षितसाथ दृश्य खिच्नुपरेको थियो । सुरेश पनि यस्तै ठाउँको खोजी गर्दै प्रदर्शनकारीको निशानामा परिसकेको तीनकुनेस्थित एक घरमा चढेर दृश्य लिइरहेका थिए । यस्तैमा प्रदर्शनकारीले उनी रहेको कोठा वन्द गरिदिएर त्यस घरमा आगो सल्काइदिए । अन्ततः थुनिएकै कोठामा छट्पटाउँदै रजकले प्राण त्यागे । निरंकुशता पक्षधर राजावादीहरुको पहिलो निशानामा फेरि पत्रकार परे । अनि उल्लासपूर्वक स्थापना दिवस मनाउने तयारीमा रहेका सञ्चारकर्मीहरुलाई यो आततायी घटनाको प्रतिवादमा सडक सघर्षमा उत्रन बाध्य पार्यो ।

राजतन्त्र पुनस्र्थापना गरिछाड्ने रटानमा केही समयदेखि एउटा समुह निकै सक्रिय देखिन्छ । पर्दा बाहिर पञ्चायतकालीन वयोवृद्ध नेता नवराज सुवेदी त्यसको संयोजक छन् । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं त्यसको कमाण्डर तोकिएका छन् । उनीहरुको एउटै नारा छ —‘ नेताहरुले देश लुटे, अव राजा ल्याएर यो देश बचाउने हो ।’ यो नाराले केही युवालाई पनि आकर्षित गरेको पाइन्छ । तर, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा आम नागरिकले भोगेको चरम पीडा र त्यसबेलाका सत्तासीनहरुको भ्रष्ट र अराजक शैली अहिले २२ / २४ वर्षका युवाले प्रत्यक्ष भोग्नै पाएका छैनन् । त्यही भएर पनि राजावादी वताउने समुहले त्यस्ता युवालाई आफ्नो पछि लगाउन सफल भएको सहजै आँकलन गर्न सकिन्छ ।

केही बेर फर्कौं शाही शासनकालतर्फ ।

२०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्डपछि तत्कालीन सरकारले ज्ञानेन्द्र शाहलाई नेपालको राजा घोषणा ग¥यो । दोस्रो पटक राजा हुने सौभाग्य पाएका ज्ञानेन्द्र शाहमा त्यसपछि ‘राजउन्माद’ निकै उर्लियो । हुँदाहुँदा उनले दलहरुमाथि नै यसरी हमला गरे कि त्यसबेलाका सबै नेतालाई नजरवन्दमा राखेर शासनको बागडोर आफैं सम्हाले । त्यसपछि सुरु भए नेपालीका कहालीलाग्दा दिन ।
२०६१ माघ १९ को ज्ञानेन्द्र ‘कू’ले सबैभन्दा बढी पींडा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई दियो । त्यसपछि नागरिकका सबै अधिकार कुण्ठित पार्दै सञ्चारमाध्यमाथि पनि प्रतिवन्ध लगाइयो । जसोतसो चलेका सञ्चारमाध्यममा पनि त्यहाँ कार्यरत पत्रकार र सम्पादकले होइन, बन्दुकधारीका सेनाका मान्छे पसेर समाचार सम्पादन गर्न थाले । तैपनि व्यावसायिक धर्मबाट त्यसबेला धेरै सञ्चारमाध्यम चुकेनन् । न टेलिफोन, न इन्टरनेट, न त काम गर्ने वातावरण नै । सरकार सञ्चालकहरुको पहरेदारी गर्ने मिडियाहाउसहरु सत्ताधारीको गुनगान नगाए बाँच्ने नसक्ने अवस्थामा पुगेका थिए । बन्दुकको कुन्दामुनि पत्रकारिता गर्नुपर्दाको त्यो क्षणको बयान नयाँ पुस्ताका कतिपय सञ्चारकर्मीका लागि दन्त्यकथा पनि लाग्न सक्छ ।

पत्रकारिताका दौरान मैले धेरै पटक सेना, प्रहरी र तत्कालिन अवस्थामा भूमिगत माओवादीको ज्यादति भोगेको छु । मेरो पुस्ताका थुप्रै सहकर्मीहरुले त्यस बेला शाही ज्यादतीको विरुद्ध सडक संघर्ष गर्दा थुप्रैपटक जेलनेल र यातना खेप्नु परेको छ । केही सहकर्मीले ज्यान समेत गुमाएका छन् ।

ती कहालीलाग्दा दिनहरु फेरि सम्झनु नपरोस् भन्ने लागेको थियो । तर, हिजो सुरेश रजकजीलाई घरभित्र थुनेर आगो लगाइएको घटनाले मेरो मन नराम्ररी पोलेको छ । मजस्तै अरु साथीहरुलाई पनि त्यस्तै भएको रहेछ ।

रजकजीको यो विभत्स हत्यापछि फेरि हामी सडकमा उत्रन बाध्य भएका छौं । खुसी र उल्लासका साथ पत्रकार महासंघको स्थापना दिवस मनाउनुपर्ने दिनमै सडक संघर्षमा उत्रन हामीलाई बाध्य पार्ने समुहलाई कदापि राजनीतिक प्राणी मान्न सकिंदैन ।

नेपाल पत्रकार महासंघले आज विर्तामोडमा आयोजना गरेको विरोधसभामा सहकर्मी कृष्ण हुमागाईं ( हाल नेपाली काँग्रेस झापाका सचिव ) ले त दाबाका साथ नै भन्नुभयो—‘ज्ञानेन्द्र शाह ‘पूर्वराजा’ हुँदै होइनन् , शाहवंशका अन्तिम राजा हुन् ।

जनताले ठूलो संघर्ष गरेर प्राप्त गरेको लोकतन्त्र मासेर सुशासन खोज्नु उनी र उनलाई साथ दिने समुहकाे दिवास्वप्रनमात्र हुने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये