बर्डफ्लु सङ्क्रमण

मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण

 

 

 

मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको हो ।

उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १६ गते पुष्टि भएको विभागका निमित्त महानिर्देशक लेखराज दाहालले जानकारी दिए ।

उनका अनुसार उक्त स्थानमा सङ्क्रमण फैलन नदिन विभागले तत्काल नियन्त्रणमा लिन सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पक्षी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत आइतबार नै नष्ट गरिएको छ ।

मन्त्रालयले पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्थास्थ्यपरीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ ।

यस्तै, फार्र्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बलन गर्न, पक्षीपालक किसानले फार्म परिसरमा नियमित रुपमा निःसङ्क्रमण गर्न, तथा सफाइमा ध्यान दिन, घरपालुवा पक्षीलाई जङ्गली पक्षीको सम्पर्कमा आउन नदिन हाँस तथा कुखुरालगायतका पक्षीलाई थुनेर पाल्न तथा पशुपक्षी बिक्रीस्थलमा अस्वाभाविक रुपमा पक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकैको पशु सेवा विभागमा सूचना गर्न आग्रह गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा