काठमाडौं प्रहरी परिसर, टेकुमा जान खोप कार्ड अनिवार्य गरिएको छ ।
सरकारी प्रोटोकल अनुसार परिसरमा जान खोप कार्ड अनिवार्य गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
तर कतिपय सेवाग्राहीहरुले चाहिँ प्रहरी कार्यालयमा पनि खोप कार्ड अनिवार्य हुँदा सेवा लिन समस्या भएको बताए । सेवा लिन टेकु जाने सेवाग्राहीसँग खोप कार्ड नभए उनीहरु गेटबाटै फर्काइने गरेका छन् ।
‘जरुरी काम परेर आइएको हुन्छ, सबैले खोप लगाएको नहुन सक्छ’ एक सेवाग्राहीले सोमबार गुनासो गरे, ‘प्रहरी कार्यालयमा अवरआपत नपरी खासै गइन्न, प्रहरीले खोप कार्ड भएन भनेर गेटबाट फर्काउनु गलत हो ।’