परिचयपत्र

अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै

NationalIdentityCard_20220201153234

 

 

 

 

सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण थालेको हो ।

ईपासपोर्ट बनाउन अनिवार्य गरिएपछि सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा बस्नुपर्ने अवस्था सृजना भएपछि सरकारको आलोचना भइरहेको थियो ।

 

काठमाडौंको पाँचवटा नगरपालिका र देशभरका अन्य २८ वटा पालिकाबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरण कार्यले अरु पालिकाबाट पनि सुरु गर्ने तयारी गरिएको छ ।

 

काठमाडौमा गोकर्णेश्वर, कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरी र नागार्जुन नगरपालिकामा स्थायी बसोबास गर्नेहरुको लागि यो सेवा सुरु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको