दुर्घटना

धनकुटामा टेम्पो दुर्घटना: चालकको ज्यान गयो

 

 

 

 

विराटनगर । धनकुटा नगरपालिका–७ जिरोप्वाइन्टमा हिजो साँझ टेम्पो दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।दुर्घटनामा टेम्पो चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ हात्तिखर्कका ६० वर्षीय लालबहादुर दर्लामी मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक डीएसपी सुरज कार्कीले बताए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दर्लामीलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

कोशी लोकमार्ग अन्तर्गत पचीयमोडबाट जिरोप्वाइन्टतर्फ जाँदै गरेको मे।१ ह ४४७४ नम्बरको टेम्पो गएराति सडकको नालीमा पल्टेको हो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योगमा सरकारको चासो छैन्ः अध्यक्ष श्रेष्ठ

काठमाडौँ,९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेका समस्याप्रति सरकारले पर्याप्त चासो नदिएको बताउनु भएको छ । मंगलबार नाडा

वरुण र छुजुङ जलविद्युतविरुद्ध स्थानीय आन्दोलित

काठमाडौं,९ भदौ । संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्ग लगायतका नदी तथा खोलानाला माथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका

डोल्पामा एकैसाथ देखिए तीन हिउँ चितुवा

डोल्पा,९ भदौ । हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन् । डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले