डोल्पामा एकैसाथ देखिए तीन हिउँ चितुवा

डोल्पा,९ भदौ । हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन् । डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र दुई बच्चासहित तीनवटा हिउँ चितुवा एकैसाथ देखिएका हुन् ।वैकल्पिक ऊर्जा प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएका अर्घाखाँचीका इन्जिनियर रेशम नेपालीले धो तारापमा सोलार बत्ती जडान गर्ने क्रममा करिब ४० मिटरको दूरीबाट तीन वटा हिउँ चितुवा देखेको बताउनु भयो ।

 

साँझ ५ बजेर ५३ मिनेटमा बाटोमा हिँडिरहेका बेला अचानक हिउँ चितुवा देखेपछि नेपालीले तत्कालै मोबाइलबाट फोटो तथा भिडियो खिच्नु भएको थियो । उहाँका लागि हिउँ चितुवा देखेको यो पहिलो अनुभव भएको पनि सुनाउनु भयो ।दुर्लभ वन्यजन्तुलाई एकैपटक तीन वटा देखेपछि खिचेको भिडियो उहाँले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्नु भएको थियो । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा चर्चित बनेको छ । भिडियो १२ लाखभन्दा बढी पटक हेरिएको छ भने २८ हजारभन्दा बढीले लाइक गरेका छन् ।

 

शे–फोक्सुण्डोमा ९० हिउँ चितुवाहरु

नेपालमा हिउँ चितुवाको महत्वपूर्ण वासस्थानहरुमध्ये शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज पनि एक हो । ‘हिउँ चितुवा पत्रिका–२०८१’ मा प्रकाशित समाचार अनुशार, क्यामेरा ट्र्याप अनुगमन तथा अध्ययनको तथ्यांकबाट शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब ९० वटा हिउँ चितुवाहरु रहेको उल्लेख छ ।उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा दुर्लभ वन्यजन्तु हो । यसको संरक्षणका लागि नेपालका विभिन्न हिमाली क्षेत्रहरुमा अध्ययन्, अनुगमन तथा संरक्षणका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

आहाराको खोजीमा बस्ती र गोठसम्म

पछिल्लो समय आहाराको खोजीमा हिउँ चितुवाहरु मानव बस्ती नजिक पुग्ने तथा गोठमा समेत प्रवेश गर्ने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । यसले हिमाली क्षेत्रमा पशुपालक किसानहरुका लागि मानव–वन्यजन्तु द्वन्द्वको जोखिम बढाएको छ ।मनाङको नारफु तथा मुस्ताङको समर क्षेत्रमा पछिल्ला केही वर्षमा हिउँ चितुवा गोठमा प्रवेश गरेका घटना अभिलेखमा रहेको बताइएको छ ।

 

हिउँ चितुवाको प्राकृतिक बासस्थानमा आएको परिवर्तन, आहाराको उपलब्धता तथा मानव गतिविधिको विस्तारसँगै यस्ता घटना संरक्षणका दृष्टिले चुनौतीपूर्ण बन्दै गएका छन् ।धो तारापमा एकैपटक एक माउ र दुई बच्चासहित तीन वटा हिउँ चितुवा देखिनुले डोल्पाको उच्च हिमाली क्षेत्रमा हिउँ चितुवाको उपस्थिति र जैविक विविधताबारे थप अध्ययन तथा संरक्षणको आवश्यकता औंल्याएको छ ।दुर्लभ वन्यजन्तुको यस्तो दृश्यले एकातर्फ डोल्पाको जैविक विविधताको महत्त्व उजागर गरेको छ भने अर्कोतर्फ हिउँ चितुवा र स्थानीय समुदायबीचको सहअस्तित्व तथा संरक्षणका लागि थप संवेदनशील हुनुपर्ने सन्देश दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वरुण र छुजुङ जलविद्युतविरुद्ध स्थानीय आन्दोलित

काठमाडौं,९ भदौ । संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्ग लगायतका नदी तथा खोलानाला माथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका

डोल्पामा एकैसाथ देखिए तीन हिउँ चितुवा

डोल्पा,९ भदौ । हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन् । डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको