संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विधेयक माथि सांसद तथा सरोकारवालाबाट प्राप्त सुझावले कानुनलाई थप परिस्कृत र विशिष्ट बनाउन सहयोग पुग्ने बताउनु भयो ।

 

‘हामीलाई जति धेरै समस्या देखाइदिनुभयो, औँल्याइदिनुभयो, कानुन त्यति नै परिस्कृत र विशिष्ट हुन्छ। र कानुन जति विशिष्ट हुन्छ, भोलि गएर कार्यान्वयन गर्न हामीलाई सहज हुन्छ,’उहाँले भन्नु भयो।मन्त्री चौधरीले कानुन कार्यान्वयनका लागि विद्यमान संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गरेर अघि बढ्नुपर्ने बताउनु भयो । मन्त्रालयले सरोकारवालासँग यस विधेयकसहित अन्य कानुनका विषयमा पनि छलफल गर्दै आएको उहाँको भनाइ छ ।उहाँले भन्नु भयो,‘हामीसँग संयन्त्र छ । त्यही संयन्त्रलाई प्रयोग गर्ने हिसाबमा अगाडि बढ्नुपर्छ । हामीले सरोकारवालाहरूसँग यो मात्र होइन, अरू कानुनहरूको विषयमा पनि छलफल गरिराखेका हुन्छौँ ।’

 

विगतमा कानुन कार्यान्वयनका क्रममा विभिन्न कमजोरी देखिएको उल्लेख गर्दै उनले आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिन विधेयकलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भयो।उहाँले समितिबाट प्राप्त सुझावलाई विधेयकमा समेट्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भयो।‘तपाईंहरूको सल्लाह र सुझावलाई कहाँ, कसरी समेटेर लैजान सकिन्छ, त्यसका लागि मन्त्रालय प्रतिबद्ध छ,’उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा