दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको छ ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रम्तेलले बलात्कारपछि ज्यान गुमाएकी बालिका गरिमा चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ ।

 

उहाँले गरिमा चौधरीको हत्याको घटनाले सदनको गम्भीर ध्यानाकर्षण गराएको बताउँदै यस्ता जघन्य अपराधमा दोषी ठहर हुने व्यक्तिलाई मृत्युदण्डबाहेक संविधानसम्मत सबैभन्दा कठोर सजायको व्यवस्था गर्नुपर्ने धारणा राख्नु भएको छ ।संविधानले मृत्युदण्ड निषेध गरेको उल्लेख गर्दै उहाँले दोषीलाई जीवनभर कारागारमा राख्ने, सजायमा अनावश्यक छुट नदिने तथा राजनीतिक पहुँचका आधारमा उन्मुक्ति पाउने अवस्था अन्त्य गर्नुपर्ने बताउनु भयो ।

 

‘कानुन यस्तो कठोर होस् कि अपराध गर्नुअघि अपराधीले पटकपटक होइन, लाखौं पटक सोचोस्,’ उहाँले भन्नु भयो ।सांसद रम्तेलले आफूहरूले बदला नभई न्याय मागिरहेको स्पष्ट पार्नु भयो । संविधानको मर्म र मानवअधिकारको सम्मान गर्दै संविधानभित्रै रहेर अपराधीलाई कठोर कानुनी परिणाम भोगाउनुपर्ने उहँको भनाइ थियो ।उहाँले गरिमाको न्याय, बालिकाको सुरक्षा र अपराधीमाथि कठोर कानुनी कारबाहीका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो। साथै, यस विषयमा सरकारले स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने माग गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा