तालको संरक्षण गरौ

दमकको इन्द्रेणी ताललाई सिमसार क्षेत्रमा सुचिकृत गर्न माग

दमक/
बाह्रै मास पानी बगीरहने , जमिरहने दमकको इन्द्रेणी ताल सिमसार क्षेत्रमा सुचिकृत हुन सकेको छैन ।सुचिकृत हुन नसकेका कारण अहिले सम्म यहाँ पूर्वाधार विकास हुन सकेको छैन र यसको प्रभावकारी प्रवर्धन पनि हुन सकेको छैन । तर अहिले यस क्षेत्रको संरक्षण र सम्र्वधन गर्न स्थानीययूवाहरु जुर्मुराएका छन् । स्थानीय सरकारको पनि चासो बढ्न थालेको छ । र यसलाई प्रदेश सरकारबाट समेत बजेट बिनियेजन गराएर घेराबाराको काम थालीएको छ । नयाँ जोसका साथ यूवाहरु लागी परेपछि इन्द्रेणी तालले मुहार फेरिन्छ भन्नेमा आशा पलाउन थालेको छ ।

दमकको सविक वडा नं १७ र १८ मा मुल मुहान रहेको इन्द्रेणी ताल यहि क्षेत्रमा मात्रै करिव २ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । शिरमा भकुण्डे चोक देखी पश्चिमको होलीबाट सुरु भएको खोला दक्षीणमा मावा नदि सम्म फैलिएको छ । यहि बिचमा १ किलोमिटर क्षेत्रमा ताल बनेको छ । जुन हेर्दा ठ्याक्कै इन्द्रेणी जस्तै देखिन्छ । र यसको नाम इन्द्रेणी ताल राखीएको हो ।
यो खोलालाई केहि वर्ष अघि सम्म यस क्षेत्रका आम किसानले सिचाईको मुख्य श्रोतको रुपमा प्रयोग गर्दथे । तर अहिले यसमा पानीको मात्रा घटेपछि सिचाई हुन छोडेको छ । अहिले यो क्षेत्रलाई पर्या पर्यटनसँग जोड्नका लागि काम सुरु भएको छ । यहाँ इन्द्रेणीको आकारमा देखिने एउटा फलामको साँघु बनाइएको छ ।
यस्तै २ किलोमिटर सम्म तालको क्षेत्र संरक्षण गर्न प्रदेश १ सरकारको सहयोगमा पर्खाल लगाउने काम भइरहेको छ । यसले ताल संरक्षणमा योगदान गरिरहेको यहि क्षेत्रका जनप्रतिनिधीले बताएका छन् ।

वडा नं १० का वडाध्यक्ष बोधप्रसाद न्यौपानेले यहाँका स्थानीयबासी र ताल आसपासका जग्गाधनीलाई यसको महत्व बुझाउन नसकेका कारण प्रर्वधन गर्न र अश्यक भौतिक संरचना निर्माण गर्न नसकिएको बताउनु भयो । तर अव अहिलेको नयाँ समितीले यसकालागी काम गर्ने बिस्वास न्यौपानेको छ । यसको ऐतिहासिक महत्व रहे

को बताउँदै वडाध्यक्ष न्यौपानेले यो ताललाई पर्यटकिय क्षेत्र बनाउन सके दमकको प्रमुख पर्यटकिय क्षेत्र बन्ने सक्ने विस्वास गर्नु हुन्छ ।
यो क्षेत्रमा पानी कहिलै सुक्दैन । एकै नासले पानी बगीरहन्छ । हरियाली छ । तर यसको उचीत संरक्षण हुन सकेको छैन । सिमसार क्षेत्रलाई संरक्षण गर्न सके पर्या पर्यटनमा मात्र हैन, जलचर प्राणीका साथै अन्य इको पद्धतीलाई सहयोग गर्ने वातावरणकी विद्यार्थी प्रतिमा बुढाथोकी बताउनु हुन्छ । वातावरणमा दैनिक आइरहेको ह्रासलाई कम गराउन र वातावरण सुद्धिकरण गर्नका साथै पानी र जमिनकोलाई थप कसिलो बनाउनका साथै उर्वर बनाउन पनि सिमसार क्षेत्रले महत्वपूणर् योगदान गर्ने बुढाथोकीको भनाई छ ।

इन्द्रेणी तालको संरक्षण गर्न अहिले दमक नगरपलिका र प्रदेश १ सरकारले सहयेग गरेको छ । संरक्षण गर्न पर्खाल बनाउने देखी लिएर फलामको साघु र पिकनिक स्पोर्ट बनीहेका छन् । यसको पूणर् डिपिआर तयार भइसकेको छ । डिपिआरका आधारमा थप संरचना बनाउँदै जाने योजन समितीले बनाएको छ ।

यहि बिचमा यसलाई सिमसार क्षेत्रको रुपमा सुचिकृत गर्न प्रकृयागतरुपमा अघी बढाउन दमक नगरपालिकाले सहयोग गर्ने नगरकी उप प्रमुख गीता अधिकारीले बताउनु भयो । समितीले बनाएको डिपिआरका आधारमा संरचना बनाइनु पर्ने र त्यसका लागि आम नागरिकलाई पनि आह्वान गर्ने हो भने संरचना निर्माणका लागि श्रोतको अभाव नहुने पनि उहाँले सुझाव दिनु भएको छ । डिपिआरमा केके संरचना बनाउने भन्ने कुरा तयार पारिएको छ , सोको सचीत्र तालको अगाडी वा विभिन्न सार्वजनिक ठाउँमा राखीदिने हो भने त्यहाँ बन्ने संरचना निर्माणमा सहयोगीहरुले पनि सहयोग गर्ने छन् । सरकारलाई पनि दवाव हुन सक्ने भन्दै उप प्रमुख अधिकारीले संरचनाको चित्र सार्वजनिक गर्न सुझाव दिनुभयो ।

यस्तै नगर प्रमुख रोमनाथ ओलीले अन्य क्षेत्रको ताल भन्दा इन्द्रेणी तालमा केहि फरक संरचना बनाउन पनि सुझाव दिनुभएको छ । सबैतिरको जस्तै संरचना बनाइयो भने टाढाका मानीस कम आउने भएकोले सबैलाई समेट्न केहि न केहि नयाँपन दिन उहाँले सुझाव दिनुभएको छ । त्यसका लागि तत्काल श्रोतको अभाव भएपनि यो श्रोत पहिचान गर्न र यसको थप प्रर्वधन गर्न आफुले सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

 

इन्द्रेणी ताल क्षेत्रलाई सिमसार क्षेत्रमा सुचिकृत गर्न पहल गरिदिन र यसको महत्वका बारेमा स्थानीय जनप्रतिनिधीलाई बुझाउन समितीले बुधबार औपचारिक कार्यक्रम आयोजना गरेको थियो । सिमसर दिवसको अवसर पारेर गरेको कार्यक्रममा विभिन्न जातका बिरुवा पनि रोपीएको दमक नगरपालिकाको वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले जानकारी दिनुभयो । इन्द्रेणी ताल निर्माण तथा रेखदेख समितीले आयोजना गरेको कार्यक्रमको दमक नगरपालिकाले आर्थीक सहयोग गरेको हो । कार्यक्रममा दमक नगरपालिकाका प्रमुख, उप प्रमुख, वातावरण शाखा प्रमुख,योजना शाखा प्रमुख , नगरपालिकाका इञ्जिनियर , वातावरणका विद्यार्थीका साथै स्थानीय यूवाहरुको उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु