बर्ड फ्लूको सङक्रमण

बर्ड फ्लू देखिएपछि मोरङमा उच्च सतर्कता अपनाउन थालेको छ

Swabbing barred rock mix breed rooster to test for avian influenza

 

 

 

विराटनगर  बर्ड फ्लू देखिएपछि मोरङमा सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सरकारले आफ्नो वा नजिकका पन्छी फार्ममा पालिएका कुखुरा, हाँसलगायत बिरामी परेको वा मरेको पाइएमा तत्काल जानकारी गराउन आग्रह पनि गरेको छ ।

पछिल्लो समय बर्ड फ्लूको सङक्रमण देखिन थालेको भन्दै विभागले बेलैमा रोगको पहिचान गरी नियन्त्रण गर्न आवश्यक सहयोग गर्न किसान तथा उद्योगीरव्यवसायीलाई आग्रह गरेको हो ।

आफूले पालेका पन्छी अस्वभाविक रुपमा बिरामी परेको र मरेको वा नजिकमा त्यस्तो पाइएमा तत्काल पशु सेवा कार्यालय वा पालिकामा खबर गर्न पशु सेवा विभागले आग्रह गरेको हो ।

विभागका प्रवक्ता एवं वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालका अनुसार प्राप्त सूचनाका आधारमा नमूना सङ्कलन गरी बर्ड फ्लू पहिचान भए जुन ठाउँमा सङक्रमण देखिएको त्यहाँ तत्कालै पन्छी नस्ट गर्ने गरिन्छ ।

सङक्रमण नियन्त्रणका लागि रोगी मात्र नभएर सँगै रहेका पन्छीसमेत नस्ट गर्नुपर्ने भएकाले यसले आर्थिक रुपमा धेरै क्षति गर्ने उनको भनाई छ । पन्छी, पन्छीजन्य वस्तु अण्डा, दानामा हुन जाने क्षतिको सरकारले क्षतिपूर्ति दिने व्यवस्था गरेको छ ।

किसानले क्षतिका आधारमा ७५ प्रतिशतसम्म राहत पाउने व्यवस्था छ । बर्ड फ्लू कुखुरा, हाँस, परेवा तथा जङगली पन्छीमा मात्र नभएर मानिसलाइ समेत सर्ने भएकाले विशेष सावधानी अपनाउन उहाँको सुझाव छ । इन्फ्लूएन्जा भाइरसको कारण देखिने बर्ड फ्लू सङ्क्रामक रोग मानिन्छ ।

गएको आइतबार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बुढिगंगा–५ मा बर्ड फ्लू पुष्टि भएपछि सरकारले उच्च सर्तकता तथा निगरानी बढाएको हो । रोग देखिएको मोरङको प्रभावित क्षेत्रमा निसङक्रमण तथा उच्च निगरानी गरेको पनि विभागका प्रवक्ता डा.ढकालले जानकारी दिए ।

अरु ठाउँमा सङक्रमण फैलन नदिन चनाखो रहेको पनि उनले बताए । मोरङमा यो बेला कसरी सङक्रमण देखिएको भन्न नसकिएपनि जङगली तथा आगन्तुक चराबाट सङक्रमण देखिएको हुनसक्ने उनको भनाई छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु