धनकुटाको महालक्ष्मी नगरपालिकामा बन्ने भयो औद्योगिक ग्राम

 

 

काठमाडौं धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ। महालक्ष्मी नगरपालिका-१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो।

औद्योगिक ग्राम बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ।

 

सम्झौतापत्रमा उद्योग मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल तथा महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर आले मगरले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार औद्योगिक ग्राम निर्माण गर्न उद्योग मन्त्रालयले महालक्ष्मी नगरपालिकालाई ९२ लाख उपलब्ध गराउने भएको छ।

 

मन्त्रालयबाट प्राप्त भएको बजेट जग्गा विकाससम्बन्धी काम, ग्रामका लागि आवश्यक मार्ग निर्माण, प्रशासनिक भवन निर्माणलगायतमा खर्च गर्नुपर्नेछ। सम्झौता भएको १५ दिनभित्र नगरपालिकाले विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) थाल्नेछ। तीन महिनाभित्र डीपीआरको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाउनुपर्नेछ।

 

छरिएर रहेका साना उद्योगहरुलाई एकीकृत गरी व्यवस्थित गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न औद्योगिक ग्रामले सहयोग पुर्‍याने अपेक्षा गरिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै नगरवासीलाई स्वरोजगार बनाउन औद्योगिक ग्राम बनाउन लागिएको नगर प्रमुख नेपालले जानकारी दिए।

 

‘नगरबासीलाई उत्पादनमुलक क्षेत्रमा जोड्दै उद्योग व्यवसाय क्षेत्रलाई व्यवस्थित गर्न औद्योगिक ग्राम निर्माण गर्न लागेका हौं,’ उनले भने, ‘उद्योग मन्त्रालयसँग सम्झौता भइसकेको छ, अब औद्योगिक ग्राम निर्माणको काम सुरु हुन्छ।’

 

औद्योगिक ग्राम निर्माणका क्रममा पूर्वाधार विकास र संरचना निर्माणमा भएको प्रगतिको प्राविधिक प्रतिवेदनका आधारमा मन्त्रालयले थप बजेट उपलब्ध गराउँने सम्झौतापत्रमा उल्लेख छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले