जङ्गली हात्तीको दुर्लभ उपचार

एक महिनाको उपचारपछि बल्ल तङ्ग्रियो ‘घुमन्ते गज’

यसअघिका घाइते र विरामी हात्तीले शायदै यसरी उपचार पाएका थिए । जङ्गलभित्र आपसमा जुधेर या मानवीय आक्रमण परेर घाइते भएकामध्ये कति हात्ती उपचार नपाई नि मरे होलान् ।

मेचीनगर, ११ वैशाख । मेचीनगर—३ स्थित बहुवन सामुदायिक वनभित्र करिव डेढ महिनादेखि एउटा घाइते हात्तीको नियमित उपचार चलिरहेको छ । भारतबाट घाइते अवस्थामा नेपाल छिरेको वयस्क यो हात्ती केही दिनदेखि यो जङ्गलको वल्लो छेउ र पल्लो छेउ चहारिरहन्छ । तैपनि सामुदायिक वनका पदाधिकारीहरुले यो बसेको ठाउँ पत्ता लगाएर वनका कर्मचारी र संरक्षणकर्मीलाई जानकारी दिन्छन् । अनि पशु चिकित्सकसहित पुगेका वनका कर्मचारीहरु यसलाई औषधि खुवाउँछन् ।

‘यो हात्तीलाई मैले मार्च १२ तारिखको राति घाइते अवस्थामा देखेको हुँ ।’ हात्ती संरक्षणकर्मी शंकर लुइँटेल भन्नुहुन्छ—‘सुरुमा मैले देख्दा हात्तीको अवस्था निकै दयनीय थियो ।’

लुइँटेल आफैंले ‘ घुमन्ते गज’ नाम दिएको हात्ती हो यो । ५/७ वर्षदेखि नेपाल–भारत ओहोरदोहोर गरिरहने यसको आनीबानी पनि लुइँटेल लगायत बाहुनडाँगीमा रहेको द्रूत उद्धार टोलीका अधिकांश युवालाई राम्रै थाहा छ । त्यही भएर पनि अनकन्टार जङ्गलभित्र रहेको अजङ्गको हात्तीसामू पनि यो टोली सजिलै पुग्छ । उहाँहरुलाई साथमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषका साथै वन कार्यालयका पशु चिकित्सक र अधिकारीहरु हात्तीको उपचारमा खटिन सकेका हुन् ।

‘ त्यसै त धर्तीकै ठूलो जनावर, त्यसमाथि तालिमप्राप्त जनशक्ति विना यसरी उपचारमा खटिनु ठूलै चुनौती छ नि । ’ पशु चिकित्सकहरुसँगै हात्ती उपचारका लागि पुग्नुभएका डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठ भन्नुहुन्छ— ‘ वनको सुरक्षासँगै जङ्गली हात्ती, अजिङ्गर र विषालू सर्पहरुको समेत उद्धारमा वन कर्मचारीहरु जोडिनुपरेको छ ।’ जङ्गली हात्तीको बाक्लो ओहोरदोहोर भइरहने झापामा निकुञ्ज र आरक्षहरुमा जस्तै तालिमप्राप्त जनशक्तिको खाँचो औल्याउनुहुन्छ ।

कुरा जङ्गली हात्तीकै । अहिले घाइते अवस्थामा भेटिएको हात्तीले जसरी उपचार पाइरहेको छ, यसअघिका घाइते र विरामी हात्तीले शायदै यसरी उपचार पाएका थिए । जङ्गलभित्र आपसमा जुधेर या मानवीय आक्रमण परेर घाइते भएकामध्ये कति हात्ती उपचार नपाई नि मरे होलान् । शंकर लुइँटेलजस्ता संरक्षणकर्मीले चासो नदिएको भए ‘घुमन्ते गज’ को पनि त्यही हालत हुनसक्थ्यो । तर, समयमै चारैतिर खबर पुगेकाले सरकारी टोली जङ्गली हात्तीको उपचारका लागि तयार भएको हो ।

यो उपचार पनि निकै जोखिमयुक्त रह्यो । सुरुमा मेचीनगरकै कालिका सामुदायिक वनको पाँचपोखरी क्षेत्रलाई सेल्टर बनाएको हात्तीलाई दिनैपिच्छे वनका हेरालूले निगरानी गरिरहे । अर्को हात्तीसँग जुध्दा पुच्छर चुँडिएको र पछाडिको दाहिने तिघ्रामा गहिरो घाउ भएकाले हात्ती धेरै दिन चट्पटाउन सकिरहेको थिएन । तैपनि यसको नजिक पर्नु डरमर्दो नै थियो । बाँहुनडाँगीमा बस्ने लुँटेल र आरआरटीका युवाहरु नआएसम्म हात्ती नजिक कोही पनि पुग्दैनथे ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका विशेषज्ञ, वन कार्यालयका पशु चिकित्सक सोनाम भाल, धाइजनस्थित मेची सवडिभिजन कार्यालयका वन अधिकृत डिल्लीराज खरेल लगायतको टीमले सुरुमा डार्टिङ गरेर घाइते हात्तीको उपचार ग¥यो । ‘तीन÷चार दिन यसरी उपचार गर्दा हात्तीलाई निकै ठीक भइसकेको थियो । पछि फेरि खुट्टाको घाउ बल्झियो ।’ पशु चिकित्सक भाल भन्नुहुन्छ—‘ हात्तीका लागि डार्टिङ विधि निकै जोखिम हुन्छ । त्यही भएर अहिले हामी सख्खर, धान र घाँसमा मिसाएर एन्टिवायोटिक्स दिइरहेका छौं ।’ यो औषधि पनि चार दिन लगातार दिइएको भाल बताउनुहुन्छ ।

झापाको मेचीनगर, भद्रपुर, वुद्धशान्ति, अर्जुनधारा, कचनकवल, हल्दीबारी लगायत क्षेत्रका वनमा थुप्रै हात्ती घाइते अवस्थामा भौतारिरहेको हुन सक्ने संरक्षणकर्मी लुँइटेलको आशंका छ । २५ वर्षदेखि जङ्गली हात्तीको अनुसन्धानमा संलग्न लुइँटेलले धेरैचोटी घाइते हात्ती देखिसकेको अनुभव सुनाउनुहुन्छ । तीमध्ये कतिपय यहीँका रैथाने हात्ती हुन् भने केही भारतबाट आहाराको खोजीमा नेपाल पसेका हात्ती ।

कसरी घाइते हुन्छन् हात्ती ?

प्रकृतिकै ठूलो जीव हात्तीमध्ये धेरैजसो शान्त स्वभावका हुन्छन् । तर, मान्छेले विच्क्याएका र यौनउन्मत्त हात्तीहरु आक्रामक हुने गरेको अनुसन्धाताहरु बताउँछन् । रिसाएका या तर्सिएका हात्तीहरु एकआपसमा झगडा गर्दा पनि घाइते हुन्छन् । बढीजसो भने मानवीय आक्रमणमा परेर घाइते हुने संरक्षणकर्मीको वुझाई छ ।

त्यसो त, समूहमा हिँड्ने हात्तीलाई एउटा मादाले नेतृत्व गरेको हुन्छ । हात्तीको समूहमा आफ्नै अनुशासन हुन्छ । यसरी समूहबाट अलग्गिएर एक्लै हिँड्ने हात्ती अरुको आक्रमणमा पर्ने गरेको लुइँटेलको अनुभव छ ।

हात्ती घाइते हुने र मर्ने/ मारिने शृंखला झापामा धेरै पहिलेदेखि चलिआएको छ । दुई दशकयता यहाँ २१ वटा जंगली हात्ती मारिएका छन् । अधिकांश हात्ती विद्युतीय धरापमा पारेर मारिएको अधिकारीहरु बताउँछन् । केही हात्तीलाई भने शिकारीले मारेको हुनसक्ने वन अधिकारीहरुको आशंका छ ।

जेहोस्, यो पटक झापामा एउटा हात्तीको ज्यान जोगिएको छ । भलै यो हात्ती अझै पूर्ण रुपमा ठीक भइसकेको छैन । तैपनि संरक्षणकर्मीको निगरानी, वन कार्यालयका प्राविधिक र कर्मचारीहरुको अथक प्रयासले ‘ घुमन्ते गज’ को भने अकाल मरण हुन पाएन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये