गीतकार संघ अमेरिकालाई अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको मान्यता

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको यो आधिकारिक घोषणा नेपाली गीत–साहित्यमा एक ऐतिहासिक मोड हो ।

अमेरिका, १७ बैशाख /  नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्न स्थापना गरिएको आप्रवासी नेपाली गीतकार संघ अमेरिका अब “अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ” (आइएनएलए) का रूपमा आधिकारिक रूपमा कार्यान्वयनमा आएको छ । संस्थाले २०२५ अप्रिल २८ देखि नयाँ स्वरूपमा अघि बढ्ने घोषणा गरेको छ ।

 

 

सन् २०२३ मा अमेरिकामा स्थापना गरिएको संघले प्रारम्भमा प्रवासी नेपाली गीतकारहरूलाई लक्षित गरे पनि, अहिले विश्वभर फैलिएका सर्जकहरूलाई समेट्दै अन्तर्राष्ट्रिय कार्यक्षेत्र बनाउने निर्णय लिएको हो ।

 

 

संघले गीत लेखन प्रशिक्षण कार्यक्रम, करिब ५२ जना गीतकारहरूको संयुक्त गीति संग्रह “नेपाली मूल प्रतिको फूल”, र आइएनएलए ज्ञानेन्द्र गदाल गीत सम्मान जस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सो सम्मान पहिलोपटक वरिष्ठ गीतकार नीर शाहलाई प्रदान गरिएको थियो ।

 

 

संघले आफ्नो पहिलो साधारणसभामा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै संस्थालाई सुदृढ बनाउने रणनीति अघि सारेको संस्थाका संस्थापक अध्यक्ष हरि उप्रेतिले प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ “नेपाली भाषा र साहित्य हाम्रो मौलिक पहिचान हो, जुन नागरिकता होइन, आत्मासँग गाँसिएको अमूल्य सम्पत्ति हो । यसको संरक्षण र प्रवद्र्धन हरेक नेपालीभाषीको कर्तव्य हो ।” उहाँले विश्वभर रहेका नेपाली सर्जकहरूलाई एकै थलोमा आबद्ध भई भाषिक र सांस्कृतिक एकताको सशक्त अभियानमा सहभागी हुन आग्रह समेत गर्नुभएको छ ।

 

अध्यक्ष, हरि उप्रेती, उपाध्यक्ष, शेखर ढुंगेल, महासचिव, रण खड्का, मिडिया प्रवक्ता, अर्जुन प्रधानले संयुक्त रुपमा विज्ञप्तिमा हस्ताक्षर गर्नुृभएको छ । विज्ञप्तिबाट स्पष्ट भनिएको छ— अब विश्वभर रहेका नेपाली गीतकारहरूको साझा संस्था बनाउँदै भाषा–साहित्यको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा अग्रसर हुनेछ ।

 

 

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको यो आधिकारिक घोषणा नेपाली गीत–साहित्यमा एक ऐतिहासिक मोड हो । यो अभियानले नेपाली भाषाको विश्वव्यापी सशक्तीकरणमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही