जटिल समस्या बन्दै अटिजम

कसले सुन्ला अटिजम बालबालिकाका अभिभावकको यो व्यथा ?

अटिजम स्पेक्ट्रम डिसअर्डर एक न्यूरो–डेभलपमेन्टल अवस्था हो । जसले बालबालिकाको सामाजिक अन्तरक्रिया, सञ्चार, र व्यवहारमा प्रभाव पार्छ ।

मेचीनगर, १८ वैशाख । सुभद्रा भट्टराईका लागि वितेका आठ वर्ष छोरालाई काँधमा बोकेर हिंड्नु शारीरिकभन्दा बढी भावनात्मक बोझ बनेको छ । उहाँका ८ वर्षीय छोरा, हिमांश, अटिजम स्पेक्ट्रममा पर्छन् । यही समस्याले गाँजिएका उनी राम्ररी हिंड्न सक्दैनन् । ‘ऊ रुँदा मलाई मनको कुन भित्तो चिरिन्छ भन्ने शब्दमा व्यक्त गर्नै सक्दिन’ सुभद्रा भन्नुहुन्छ ।

 

भोक लाग्छ, तर खान मन लाग्दैन । सुत्न मन लाग्छ, तर निन्द्रा आउँदैन । यही छोराको चिन्ताले सुभद्राका दिन र रात एउटै बनिसकेको छ ।
छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिन भन्दै सुभद्राको परिवार इलामबाट झापा बसाई सरेको हो । उहाँहरु अहिले मेचीनगरको चारआलीमा डेरा लिएर बस्नुभएको छ । तर, जुम्ल्याहा सन्तानमध्ये छोराको यो अवस्थाले सुभद्राको परिवारमाथि ठूलो पीर थपिदिएको छ ।

 

मेचीनगर–३ की सुस्मिता न्यौपाने कट्टेलको व्यथा पनि उस्तै छ । कुनै स्कुलले छोराको भर्ना लिइदेला कि भनेर उहाँ धेरैतिर धाइसक्नुभो । तर अहँ, कसैले भर्ना लिइदिएन । ‘तपाईहरुका बच्चा पढाउने ठाउँ विर्तामोडमा छ भन्छ, तर महिनाको २०÷३० हजार खर्चेर हामीजस्ता श्रमिकले कसरी पढाउनु ?’ सुस्मिताको मुख्य पिर यही छ ।

 

सरकारी विद्यालयहरूमा समावेशी शिक्षाको नारा त छ, तर संरचना र जनशक्तिको अभावले अटिजम भएका बालबालिकाहरू विद्यालयमा टिक्नै सक्दैनन् । अभिभावकहरूले भनेजस्तै, शिक्षकहरूमा आवश्यक तालिम नहुँदा उनीहरू अटिजम भएका बालबालिकालाई ‘अनुशासनहीन’ वा ‘कमजोर’ ठान्छन् ।

 

अटिजम स्पेक्ट्रम भएका बालबालिकाका अभिभावकका लागि अभिमुखीकरण गर्न मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाले मंगलवार र बुधवार दुई दिने कार्यक्रम राखेको थियो । कार्यक्रममा उपस्थित अधिकांशको एउटै गुनासो रह्यो— ‘हाम्रा लालाबाला हामीले कहाँ लगेर पढाउँ ? यिनका लागि नगरपालिकाले छुट्टै स्कुल खोल्न किन सक्दैन ?’

यसको स्पष्ट जवाफ नगरपालिकाका कुनै जनप्रतिनिधिसँग छैन । यद्यपि उपप्रमुख मीना पोखरेल उप्रेती भने आगामी वर्षको वजेटमार्फत् कुनै र कुनै रुपमा यी अभिभावकको गुनासो सुनवाई हुने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ । मेचीनगरभित्र मात्र ८७ जना यस्ता बालबालिका रहेको र तिनका अभिभावकले धेरै सास्ती खेप्नुपरेको उहाँलाई राम्रैसँग थाहा छ ।

 

सरकारले अटिजमलाई अपाङ्गताको एउटा प्रकार मानेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । तर, अटिजम बालबाबालिकामाथि सरकारको जिम्मेवारी यतिमै सीमित हुन नहुने अनमोल स्पेसल एजुकेसन सेन्टर विराटनगरकी सञ्चालक संगीता न्यौपानेको धारणा छ । मेचीनगर नगर क्षेत्रमा रहेका अटिजम बालबालिकाका अभिभावकलाई उहाँले नै दुई दिनसम्म विभिन्न खाले परामर्श दिनुभएको थियो ।

अटिजम स्पेक्ट्रम डिसअर्डर एक न्यूरो–डेभलपमेन्टल अवस्था हो । जसले बालबालिकाको सामाजिक अन्तरक्रिया, सञ्चार, र व्यवहारमा प्रभाव पार्छ । तर, नेपालमा यसको सही जानकारी, उपचार, र सामाजिक स्वीकार्यता अझै अपुरो छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक सय जना बालबालिकामध्ये १ जना अटिजम स्पेक्ट्रममा पर्छन् । २०७८ को जनगणनाले नेपालमा ४ हजार ८ सय ८४ जना अटिजम स्पेक्ट्रम रहेको देखाएको छ । तर , यो तथ्यांकलाई आधिकारिक मान्न सकिंदैन । अटिजम बालबालिकाको शिक्षा र पुनस्र्थापनामा सघाइरहकेो भक्तपुरस्थित एसएसडीआरसीकी सञ्चालक सविता उप्रेती नेपालका करिव ३ लाख मानिसमा कुनै न कुनै प्रकारको अटिजमको लक्षण रहेको बताउनुहुन्छ । यद्यपि सरकारी निकाय यो समस्यामाथि आँखा चिम्लेर बसेको उप्रेतीको तीतो अनुभव छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ