कोशी प्रदेशकै पाँचौँ बालमैत्री नगर बन्न पुग्योे, झापाको कन्काई नगरपालिका

चार वर्षपछि बालमैत्री नगर घोषणाको तयारी पूरा भएको छ

झापा, २५ बैशाख । झापाको कनकाई नगरपालिका कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर बनेको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बालमैत्री नगरको मापदण्ड पूरा भएसँगै कनकाई झापाको तेस्रो र कोशी प्रदेशको पाँचौँ बालमैत्री नगरका रूपमा तयार भएको बताउनुभयो । हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले नगरले बालमैत्री नगरका लागि आवश्यक ९६ प्रतिशत मापदण्ड पूरा गरेकाले बिहीबार (आज) बालमैत्री नगर घोषणा गर्न लागिएको जानकारी दिनुभयो । औसतमा ८० प्रतिशत मापदण्ड पूरा हुनुपर्ने भए पनि ९६ प्रतिशत मापदण्ड पूरा गरिएको नगरप्रमुख पोखरेलले बताउनुभयो । बालमैत्री नगर घोषणा अभियानका क्रममा नगरपालिकाले छ जना बाल श्रमिकलाई उद्धार गरेर एकदेखि छ महिनासम्म राखेर आफन्तको जिम्मा लगाएको छ भने नौ जना बालबालिकालाई स्थायी संरक्षण केन्द्रमा पठाइएको नगरका बाल कल्याण अधिकारी उमानाथ भण्डारीले बताउनुभयो ।

 

 

बालमैत्री नगरपालिका घोषणाका लागि नगरले आवश्यक संरचना तयार गर्नाका साथै कार्यविधि, ऐन, कानुन निर्माण गरिसकेको छ । बालविवाह, लागुऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा बालबालिकाका लागि कार्य योजना बनाएर काम गरिने प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो । नगरको १२औँ स्थापना दिवसको अवसर पारेर आज बालमैत्री नगर घोषणा गरिने उनले जानकारी दिनुभयो ।

 

बाल सञ्जाल कनकाई नगर अध्यक्ष विजय तिवारीले बालबालिकाको क्षेत्रमा आफूहरूले नगरसँग समन्वय गरेर काम गरिरहेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने बताउनुभयो । नगर कार्यपालिकाबाट बि.सं.२०७९ माघ १८ गते बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने निर्णय भएको थियो । त्यसको चार वर्षपछि बालमैत्री नगर घोषणाको तयारी पूरा भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु