विवादित अडियो प्रकरण

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ । एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुको साथै धम्कीपूर्ण भाषा प्रयोगको दाबी गर्दै अडियो सार्वजनिक भएपछि उहाँ विवादमा तानिनु भएको हो।यस प्रकरणमा उठेका प्रश्नको लिखित प्रतिक्रिया दिन रास्वपा केन्द्रीय अनुशासन आयोगले मंगलबार सुनारलाई पत्र पठाएको थियो । आयोगमा जवाफ पठाउँदै सुनारले आफूमाथि लगाएको आरोप अस्वीकार गरेको आयोगका एक सदस्यले जानकारी दिनु भयो ।

 

‘तोकिएकै समयमा उहाँ(खगेन्द्र सुनार)ले लिखित प्रतिक्रिया दिनुभएको छ । पत्रमा आफूमाथि लागेको आरोप अस्वीकार गर्नुभएको छ’, रातोपाटीसँग ती सदस्यले भन्नु भयो, ‘आरोप स्वीकार गरेको भए कारबाही प्रक्रिया अगाडि बढ्थ्यो । उहाँले स्वीकार पनि गर्नुभएको छैन । पीडित पक्षबाट उजुरी पनि नआएकाले स्वतन्त्र छानबिन प्रक्रिया अगाडि बढाउँछौँ ।’आपत्तिजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरी महिलासँग ‘ब्ल्याकमेलिङ’ गरेको सुनिने अडियो सोमबार जनआस्थाले सार्वजनिक गरेको थियो । उक्त अडियोलाई लिएर चौतर्फी आलोचना बढेपछि रास्वपाले सत्यतथ्य अनुसन्धान गरी छानबिन प्रक्रिया अगाडि बढाउन पार्टी अनुशासन आयोगलाई निर्देशन दिएको थियो ।

 

अयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले पहिलो चरणमा लिखित प्रतिक्रिया लिने काम सम्पन्न भएको र दोस्रो चरणको छानबिन प्रक्रिया अगाडि बढेको बताउनु भयो ।‘विषयवस्तुको गाम्भीर्य र अति संवेदनशील विषय भएको हुनाले उहाँको लिखित प्रतिक्रियाको अलावा दोस्रो चरणको छानबिन प्रारम्भ भएको छ’, उपप्रमुख भट्टराईले भन्नु भयो ।दोस्रो चरणमा अडियो प्रदायक(वास्तविक स्रोत)सम्म पुगी प्रमाण सङ्कलन गर्ने, कागजात मगाउने कामको प्रारम्भ भएकाले त्यसका लागि सम्बन्धित मिडिया हाउससँग पत्राचार गर्ने उहाँले बताउनु भयो । भट्टराईले भन्नु भयो, ‘उहाँ(खगेन्द्र सुनार)सँग उठेका प्रश्नको सन्दर्भमा सम्बन्धित कुराको प्रमाण सङ्कलन भइराखेको छ । आवश्यक परे विशेषज्ञको राय, भेरिफेकेसन गर्न सकिने छ । अनुसन्धान गहिराइसम्म पुग्न र चुस्त दुरुस्त वस्तुनिष्ठ छानबिनको लागि छुट्टै विशेष छानबिन समिति गठन गरेको छ ।’

 

उपप्रमुख भट्टराईकै संयोजकत्वमा आयोगका सदस्यहरू रहेको छ उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार अनुसन्धानलाई तीव्रता दिनका लागि छानबिन समितिले बाँकी रहेका कार्यहरू सम्पन्न गरी रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोग समक्ष पेस गर्ने जिम्मेवारी तोकिएको छ । बिहीबार बसेको आयोगको बैठकले समिति गठन गरेको भट्टराईले जानकारी दिनु भयो। समितिले बिहानै देखि काम सुरु गरेको छ । ‘बैठकले अडियो सार्वजनिक गर्ने जनआस्था साप्ताहिक पत्रिकालाई भिडियो, अडियो वा अन्य कागजातहरू छानबिन समितिलाई उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको छ’, भट्टराईले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा