न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत एक वर्षभन्दा बढी समयदेखि फरार रहेका ४८ वर्षीय ‘मेघराज’ भन्ने बाबु थापालाई प्रहरीले आफ्नै घरमा सुतिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।सर्लाहीको बागमती नगरपालिका–१ का स्थानीय बासिन्दा थापाको साथबाट ‘मेड इन युएसए’ लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को पेस्तोल एक थान, म्यागजिन तीन थान र १५ राउन्ड गोली बरामद भएको छ। उहाँलाई बरामद हतियारसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

 

थापा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा सिर्जना भएको अव्यवस्थाको फाइदा उठाउँदै केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका थिए। उनको खोजीमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसहितको विशेष टोली निरन्तर खटिए पनि उनी प्रहरीलाई छल्दै लुक्दै आएका थिए। अन्ततः करिब ११ महिना लामो खोजीपछि उनी गृहजिल्ला सर्लाहीबाटै पक्राउ परेका हुन्।

 

के थियो हत्याको कारण र पृष्ठभूमि?

१८ जेठ २०६९ मा ललितपुरस्थित युएन पार्कनजिकै तत्कालीन न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या गरिएको थियो। बंगलामुखी मन्दिर दर्शन गरेर फर्किंदै गर्दा बम चढेको गाडीलाई रोकेर थापाको समूहले गोली चलाएको थियो। घटनाको करिब दुई वर्ष सात महिनापछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थापालाई पहिलोपटक पक्राउ गर्न सफल भएको थियो।सीआईबीका तत्कालीन डीआईजी हेमन्त मल्ल ठकुरीका अनुसार बमको हत्या हुनुको मुख्य कारक चुरेभावर राष्ट्रिय पार्टीको आधिकारिकता विवाद र त्यससम्बन्धी अदालती फैसला थियो। सुरुमा सहमतिमा केशव मैनालीलाई अध्यक्ष बनाइए पनि पछि दुई पक्षले छुट्टाछुट्टै महाधिवेशन गरेपछि विवाद निर्वाचन आयोग पुगेको थियो। आयोगले थापा समूहलाई आधिकारिकता दिएपछि मैनाली सर्वोच्च अदालत पुग्नु भएको थियो।

 

सर्वोच्चमा न्यायाधीश बमको एकल इजलासले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिदियो। त्यतिबेला गृह राज्यमन्त्री बन्ने तयारीमा रहेका थापाले उक्त आदेशका कारण आफ्नो राजनीतिक भविष्य समाप्त भएको ठानेर न्यायाधीश बमको हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको थियो।

योजना र संलग्नता

पछि ‘अमर नेपाल’ नाम राखेर ‘नेपाल जनता स्वतन्त्र स्वाभिमान पार्टी’ खोलेका थापाले जलेश्वर जेलमा अपहरण तथा शरीर बन्धक मुद्दामा बस्दा करण भनिने शिव चौधरीसँग सम्पर्क बढाएका थिए। जेलबाट छुटेपछि चौधरीलाई काठमाडौं ल्याएर थापाले दीपककुमार कर्ण, सञ्जय स्माइली मगर र प्रेमराज खड्कासँग मिलेर हत्याको अन्तिम योजना बनाएका थिए।चार थान पेस्तोल र मोटरसाइकलको व्यवस्था गरी सो समूहले न्यायाधीश बममाथि आक्रमण गरेको थियो। अदालतले उक्त घटनामा मुख्य योजनाकार थापासहित चार जनालाई जन्मकैद र प्रेमराज खड्कालाई ५ वर्ष कैदको फैसला सुनाएको थियो। जन्मकैदको सजाय काटिरहेकै बेला कारागारबाट भागेका थापा अन्ततः पुनः प्रहरीको फन्दामा परेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०