बिर्तामोड बजार अनुगमन

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा र मासु बरामद गरि नष्ट गरिएको छ ।बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला सहितको अनुमगन टोलीले बिहीवार अनुमगन गर्दा उक्त परिमाणमा बिग्रीएको अवस्थामा माछा र मासु फेला पारेको हो । टोलीले ८३ किलो मासु र २६ किलो माछा नियन्त्रणमा लिएर खाल्डोमा गाडेर नष्ट गरेको उपप्रमुख संग्रौलाले जानकारी दिनु भयो ।

 

केही पसलमा प्यान नम्बरसमेत नभेटिएको र पटक–पटक सुधार गर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गरेको संग्रौलाले बताउनु भयो । उहाँका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने गतिविधि रोक्न बजार अनुगमन गरिएको हो । सुधारका लागि पटक–पटक आग्रह गर्दा पनि अटेर गर्ने व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनु भयो ।अनुगमन टोलीमा उपप्रमुख संग्रौला सहित पशु सेवा कार्यालयका प्रमुख डा. शीतल भट्टराई, उपभोक्ता जागरण अभियान बिर्तामोडका अध्यक्ष राजकुमार ओली, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारी सहभागी हुनुन्थ्यो ।पशु सेवा कार्यालयका प्रमुख भट्टराईले विगतका वर्षको तुलनामा यसपटक पसलको सरसफाइमा केही सुधार देखिए पनि उपभोगका लागि अनुपयुक्त खाद्यवस्तु बिक्री गर्ने समस्या कायमै रहेको बताउनु भयो ।

 

‘सरसफाइमा पहिलेको तुलनामा सुधार देखिए पनि केही पसलमा कुहिएका माछा र सडेको मासु बिक्रीका लागि राखिएको पाइयो,’ उहाँले भन्नु भयो, ‘उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले त्यस्ता व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।’अनुगमनका क्रममा खाद्यवस्तुको गुणस्तर, पसलको सरसफाइ, माछा तथा मासुको भण्डारण र व्यवसाय सञ्चालनका लागि आवश्यक कागजातको अवस्थासमेत जाँच गरिएको थियो । माछा तथा मासु छिटो बिग्रन सक्ने खाद्यवस्तु भएकाले उचित तापक्रममा भण्डारण र स्वच्छता कायम नगर्दा उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले व्यवसायीलाई खाद्यवस्तुको गुणस्तर र सरसफाइसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने र मापदण्डविपरीत कारोबार गर्नेमाथि प्रचलित कानुनअनुसार कारबाही गर्ने जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

नुवाकोट,२३ कार्तीक । नुवाकोटको विदुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । सोमबार बिहान विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल सडकबाट

३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ: महेश बस्नेत

काठमाडौं,२३ कात्तिक । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको

आखाँको प्रमुख असर,स्वस्थ राख्ने उपायहरू

मोबाइल तथा डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले आँखाको समग्र स्वास्थ्यमा प्रत्यक्ष र गम्भीर असर पार्छ। लामो समयसम्म नरोकिकन मोबाइल हेरिरहँदा आँखाको बाहिरी सतहदेखि भित्री मांसपेशी र

एन्टिबायोटिक के हो र यसले कहिले काम गर्छ?

सामान्य रुघाखोकी, ज्वरो वा हल्का घाँटी दुख्नेबित्तिकै नजिकैको फार्मेसी पुगेर एन्टिबायोटिक किनेर खाने चलन नेपाली समाजमा निकै बढ्दो छ। तर, चिकित्सकको उचित जाँच र सिफारिसबिना

श्रीमती र भारतीय प्रेमी मिलेर पतिको हत्या

मोरङ,२३ कार्तीक । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उहाँका भारतीय

झापाको अर्जुनधारामा आगलागी : ग्वाली नष्ट, एक घाइते

झापा, २३ कात्तिक । झापाको अर्जुनधारामा आगलागी हुँदा ग्वाली जलेर नष्ट भएको छ ।आज बिहान ११ः४० बजे अर्जुनधारा ९ स्थित मगर टोल बस्ने मकरध्वज थापाको

नेपालमा आईटी र एआईको उच्च सम्भावना छ : सन्दीप नेलवाल

काठमाडौं ,२३ कार्तीक। ग्लोबल ब्लकचेन नेटवर्क पोलिगनका सह–संस्थापक सन्दीप नेलवालले नेपालमा सूचना प्रविधि आईटी तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई क्षेत्रको सम्भावना उच्च रहेको बताँउनु भएको छ।