प्रदेश १ मा नवनियुक्त आठ मन्त्रीले लिए शपथ

 

 

 

प्रदेश १ का नवनियुक्त आठ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । सत्ता गठबन्धनमा रहेका दलहरूबीच भागबण्डामा सहमति जुटेसँगै आइतबार बिहान मुख्यमन्त्री राईले आठ जनालाई मन्त्रीमा नियुक्त गरेका विस्तार गरेका थिए ।

कांग्रेसबाट शेखरचन्द्र थावालाई वन, वातावरण तथा भूसंरक्षणमन्त्री, ओमप्रकाश सरावगीलाई  उद्योग, श्रम तथा रोजगारमन्त्री र प्रकाशप्रताप हाङ्गाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त भएका छन् । यस्तै माओवादी केन्द्रका संसदीय दलका उपनेता रामकुमार राई सिँचाइ तथा उर्जामन्त्री र प्रमुख सचेतक झलकबहादुर मगरलाई कृषिमन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री राईले  एकीकृत समाजवादीका सांसद राजन राईलाई सामाजिक विकासमन्त्री, खिनु लङ्वा लिम्बुलाई पर्यटन तथा संस्कृतिमन्त्री र उपेन्द्र घिमिरेलाई सूचना, यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा नियुक्त गरेका छन् ।

यसअघि १६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएर मन्त्रिपरिषद्को आकार बढाउने निर्णय गरेको थियो । प्रदेश १ को सत्ता गठबन्धनमा नेपाली कांग्रेस, मओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् ।

१५ कात्तिकमा एमालेका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि १६ कात्तिकमा राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक क्याम्पस प्रमुखको कर्यकक्षमा ताला लगाइएपछि व्यवस्थापन समितीले के भन्यो ?

वार्तामार्फत विद्यार्थीका माग सम्बोधन गर्दै क्याम्पसको शैक्षिक वातावरणलाई नियमित बनाउने चुनौती अहिले व्यवस्थापन, प्रशासन र स्ववियूसामु देखिएको छ।

उदयपुरको बेलकामा स्कुल बस र अटो ठोक्किँदा २ जनाको मृत्यु

उदयपुर,८ भदौ । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो रिक्सा आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।सुपाडेबाट

संसद नागरिकप्रति उत्तरदायी हुनुपर्छ : प्रवक्ता गिरी

काठमाडौँ,८ भदौ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसदका गतिविधि हरेक नागरिकसम्म पुग्नुपर्ने बताउनु भएको छ।सोमबार काठमाडौँमा आयोजित २४ औँ एआईबीडी साधारण सम्मेलन तथा

चन्द्र नहरलाई ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्छ : मन्त्री श्रेष्ठ

सप्तरी,८ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण

इलाम–झापा फास्ट ट्र्याकको ठेक्का तोड्न मन्त्रीको निर्देशन

विराटनगर ,७ भदौ। लामो समयसम्म काम अलपत्र पारेको भन्दै इलाम–झापा फास्ट ट्र्याक सडक निर्माणको ठेक्का सम्झौता तोड्न पूर्वाधार विकास मन्त्री लम्सालले निर्देशन दिनु भएको छ।

हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी

तेहरान । इरानले पछिल्लो एकवर्षमा आफ्नो हतियार तथा रक्षा उपकरण उत्पादन दोब्बर बनाएको दाबी गरेको छ । इरानको रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाइ–निकले शुक्रबार सरकारी