अनुसन्धान सुरु

उदयपुरको बेलकामा स्कुल बस र अटो ठोक्किँदा २ जनाको मृत्यु

उदयपुर,८ भदौ । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो रिक्सा आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।सुपाडेबाट लालबजारतर्फ जाँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस सोमबार बिहान पौने १० बजे आपसमा ठोक्किएका हुन्।

 

दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएकोमा उपचारका क्रममा दुई जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा बेलका–५ की ३४ वर्षीया मन्दिरा मगर र पहिचान नखुलेकी अन्दाजी ३०–३५ वर्षीया अर्की एक महिला रहेका छन्। चिकित्सकले मध्याह्न ११ः४५ बजे दुवैलाई मृत घोषणा गरेका थिए।

 

दुर्घटनामा घाइते भएका अटो चालक बेलका–५ का २८ वर्षीय इन्द्र थापा र सोही ठाउँका १८ वर्षीय रोशन मगरको अवस्था गम्भीर छ। यस्तै मोरङ विराटनगर–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको र उनीहरूको धरानमै उपचार भइरहेको छ।दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बस र चालक बेलका–५ का ३६ वर्षीय बिक्रम थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सहमतिले होइन, प्रभावकारी कारबाहीले न्याय सुनिश्चित हुन्छ : सांसद गच्छदार

काठमाडौं,८ भदौ । नेपाली कांग्रेसकी सांसद डा. प्रमिला कुमारी गच्छदारले बालिका तथा महिलामाथि हुने हिंसा र अपराध नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ ।सोमबार

दमक क्याम्पस प्रमुखको कर्यकक्षमा ताला लगाइएपछि व्यवस्थापन समितीले के भन्यो ?

वार्तामार्फत विद्यार्थीका माग सम्बोधन गर्दै क्याम्पसको शैक्षिक वातावरणलाई नियमित बनाउने चुनौती अहिले व्यवस्थापन, प्रशासन र स्ववियूसामु देखिएको छ।

उदयपुरको बेलकामा स्कुल बस र अटो ठोक्किँदा २ जनाको मृत्यु

उदयपुर,८ भदौ । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो रिक्सा आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।सुपाडेबाट

संसद नागरिकप्रति उत्तरदायी हुनुपर्छ : प्रवक्ता गिरी

काठमाडौँ,८ भदौ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसदका गतिविधि हरेक नागरिकसम्म पुग्नुपर्ने बताउनु भएको छ।सोमबार काठमाडौँमा आयोजित २४ औँ एआईबीडी साधारण सम्मेलन तथा

चन्द्र नहरलाई ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्छ : मन्त्री श्रेष्ठ

सप्तरी,८ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण

इलाम–झापा फास्ट ट्र्याकको ठेक्का तोड्न मन्त्रीको निर्देशन

विराटनगर ,७ भदौ। लामो समयसम्म काम अलपत्र पारेको भन्दै इलाम–झापा फास्ट ट्र्याक सडक निर्माणको ठेक्का सम्झौता तोड्न पूर्वाधार विकास मन्त्री लम्सालले निर्देशन दिनु भएको छ।