विराटनगर ,७ भदौ। लामो समयसम्म काम अलपत्र पारेको भन्दै इलाम–झापा फास्ट ट्र्याक सडक निर्माणको ठेक्का सम्झौता तोड्न पूर्वाधार विकास मन्त्री लम्सालले निर्देशन दिनु भएको छ।
खड्का–कृष्ण–सक्षम जेभीले २०७८ असार २९ गते २ वर्षभित्र काम सम्पन्न गर्ने सम्झौतासहित २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा ठेक्का लिएको थियो। तर, सम्झौता भएको ५ वर्ष बितिसक्दा समेत आयोजनाको आधा काम मात्र सम्पन्न भएपछि मन्त्री लम्सालले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरी कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिनु भएको हो।
तोकिएको समयभित्र प्रगति नदेखाउने र निर्माणमा चरम लापरबाही गर्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ।









