संसद नागरिकप्रति उत्तरदायी हुनुपर्छ : प्रवक्ता गिरी

काठमाडौँ,८ भदौ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसदका गतिविधि हरेक नागरिकसम्म पुग्नुपर्ने बताउनु भएको छ।सोमबार काठमाडौँमा आयोजित २४ औँ एआईबीडी साधारण सम्मेलन तथा एशिया–प्रशान्त क्षेत्रीय मिडिया कार्यशालालाई सम्बोधन गर्दै गिरीले समिति बैठक, समितिका क्रियाकलाप तथा संसदका अन्य गतिविधि नागरिकसम्म पु¥याउन आवश्यक रहेको बताउनु भयो।

 

उहाँले भन्नु भयो,‘संसद भन्नाले समितिको बैठकहरू, समितिका क्रियाकलापहरू, त्यसबाहेक संसदले गर्ने अन्य क्रियाकलापहरू पुग्न जरुरी छ भन्ने मान्यता संघीय संसद सचिवालयले पनि राख्छ।’गिरीले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग व्यापक भए पनि संघीय संसद सचिवालय सामाजिक सञ्जालको प्रयोगमा केही कमजोर रहेको स्वीकार गर्नु भयो।‘हामीले गर्न नसकेको चाहिँ अहिले सोसल मिडियामा हामी गइरहेका छैनौँ। खासगरी पछिल्लो समयमा सोसल मिडियाको क्रेज अलि बढी छ, नेपालमा धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसल मिडियामा अलि कमजोर छौँ,।
उहाँले संसदको वेबसाइटमार्फत नियमित रूपमा सूचना प्रवाह भइरहेको र नागरिकले सूचनाको हक प्रयोग गरी माग गरेका सूचना समयमै उपलब्ध गराउँदै आएको बताउनु भयो। गिरीले आगामी दिनमा सांसदहरूको हाजिरी लगायतका विवरण वेबसाइटमा लाइभ रूपमा अद्यावधिक गर्ने योजना रहेको जानकारी दिनु भयो।

 

उहाँले संसद नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा सचिवालय सचेत रहेको बताउनु भयो।उहाँले भन्नु भयो,‘हामी वेबसाइटमा हाम्रो अपटुडेट सूचना प्रवाह छ। कुनै पनि नागरिकले आरटिआईको प्रयोग गरेर सूचना माग गर्नुभयो भने हामीले सूचनाहरू समयमै उपलब्ध गराएकै छौँ।जसरी सरकार संसदप्रति उत्तरदायी हुनुपर्छ, त्यसै गरेर संसद चाहिँ नागरिकप्रति उत्तरदायी हुनुपर्छ भन्नेमा सचेत छौँ।’गिरीले संघीय संसदको खुलापन तीनवटा आधारभूत विषयमा केन्द्रित रहेको बताउनु भयो।उहाँले नयाँ संसद भवनमा सरेपछि सञ्चारकर्मीका लागि संसदभित्रै सिट उपलब्ध गराउने योजना रहेको बताउनु भयो। सदनको गतिविधि हेर्न चाहने नागरिक तथा विद्यार्थीका लागि पनि आवश्यक व्यवस्था गरिने उहाँको भनाइ छ।

 

गिरीले संघीय संसद सचिवालयले विभिन्न दुर्गम जिल्लामा पुगेर विद्यार्थीलाई नमुना संसदका बारेमा जानकारी दिँदै आएको पनि बताउनु भयो।उहाँका अनुसार नेपालको संसद विगतको तुलनामा क्रमशः थप खुला हुँदै आएको छ। संसदको खुलापन मापन गर्ने एसिया पार्लियामेन्ट्री ओपनेस इन्डेक्सका ३१ सूचकमध्ये नेपालले करिब २५ देखि २६ वटा सूचक पूरा गरिसकेको उहाँले बताउनु भयो।‘एसिया पार्लियामेन्ट्री ओपनेस इन्डेक्स छ। त्यसले ३१ वटा सूचकलाई मानेर पार्लियामेन्ट कसरी खुला हुन्छ भनेर भनेको छ। ती ३१ वटा सूचकरूप्रति हामी सचेत छौँ। हाम्रो पार्लियामेन्टले झन्डै २५–२६ वटा सूचक त पूरा नै गरिसकेको छ,’उहाँले भन्नु भयो।गिरीले आगामी दिनमा सूचना प्रविधिको प्रयोगलाई अझ व्यापक बनाउँदै संसदका गतिविधि र सूचनामा आम नागरिकको पहुँच विस्तार गर्ने बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सहमतिले होइन, प्रभावकारी कारबाहीले न्याय सुनिश्चित हुन्छ : सांसद गच्छदार

काठमाडौं,८ भदौ । नेपाली कांग्रेसकी सांसद डा. प्रमिला कुमारी गच्छदारले बालिका तथा महिलामाथि हुने हिंसा र अपराध नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ ।सोमबार

दमक क्याम्पस प्रमुखको कर्यकक्षमा ताला लगाइएपछि व्यवस्थापन समितीले के भन्यो ?

वार्तामार्फत विद्यार्थीका माग सम्बोधन गर्दै क्याम्पसको शैक्षिक वातावरणलाई नियमित बनाउने चुनौती अहिले व्यवस्थापन, प्रशासन र स्ववियूसामु देखिएको छ।

उदयपुरको बेलकामा स्कुल बस र अटो ठोक्किँदा २ जनाको मृत्यु

उदयपुर,८ भदौ । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो रिक्सा आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।सुपाडेबाट

संसद नागरिकप्रति उत्तरदायी हुनुपर्छ : प्रवक्ता गिरी

काठमाडौँ,८ भदौ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसदका गतिविधि हरेक नागरिकसम्म पुग्नुपर्ने बताउनु भएको छ।सोमबार काठमाडौँमा आयोजित २४ औँ एआईबीडी साधारण सम्मेलन तथा

चन्द्र नहरलाई ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्छ : मन्त्री श्रेष्ठ

सप्तरी,८ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण

इलाम–झापा फास्ट ट्र्याकको ठेक्का तोड्न मन्त्रीको निर्देशन

विराटनगर ,७ भदौ। लामो समयसम्म काम अलपत्र पारेको भन्दै इलाम–झापा फास्ट ट्र्याक सडक निर्माणको ठेक्का सम्झौता तोड्न पूर्वाधार विकास मन्त्री लम्सालले निर्देशन दिनु भएको छ।