संस्कृति संरक्षण

धिमालकाे जात्री मेला, परिवार कल्याणका लागि गरिएकाे भाकल पूरा हुने दिन

ठुलो अर्नाखाडीको यो जात्रीथान अहिले वरीपरि घेराबारा मात्रै लगाइएको छैन, पूजा गर्ने थानहरु पनि पक्की र सुरक्षित बनाइएको छ ।

दमक, ७ बैशाख  । दमक नगरपालिकाले धिमाल जातिलाई प्रथम नागरिक घोषणा गरेको छ । दमक बसाउन यो जातिले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले धिमाल जातिको सम्मानमा प्रथम नागरिक घोषणा गरेको हो । प्रथम नागरिक घोषणा गरेसगै धिमाल जातीका बिभिन्न सास्कृतीक तथा धार्मीक धामहरुको संरक्षण र संवर्द्धन गर्न समेत सहयोग गर्दै आएको छ । जसले गर्दा धिमाल जातिले आ आफ्‌नो समुहमा आ-आफ्‌नो संस्कार र सस्कृति जगेर्ना गर्न सकेका छन् ।

झापाको दमक ४ स्थित ठुलो अर्नाखाडी । जहाँ धिमालहरुको जात्रीथान हो । यहाँ बुधबार निकै भीडभाड थियो । धिमालहरु आफ्‌नो जातीय पहिरनमा सजिएर आएका थिए । कोही ढोल बजाउँदै उत्साहका साथ आएका दृष्य पनि यहाँ देखिन्थ्यो ।

ठुलो अर्नाखाडीको यो जात्रीथान अहिले वरीपरि घेराबारा मात्रै लगाइएको छैन । यहाँ पूना गर्ने थानहरुपनि पक्की र सुरक्षित बनाइएको छ । अन्य जमिनमा भन्दा केहि अग्लो भागमा रहेको यो अर्नाखाडीमा हरेक धिमालजातीहरुको जात्री उत्सव लाग्ने गर्छ । प्रकृतिपुजक यी जातीहरुले आफ्‌नो सन्तानको खुसी, गाउँमा भुतप्रेत नलागोस भन्दै शान्त्तिको कामना गर्दै यसखाले पुजा गरिने स्थानीय नबिन धिमालले बताउनु भयो ।

धिमालहरुले परिवारमा कोहि बिरामी भए, कसैले सुभकर्म गर्दै छ, कोहि टाढाको यात्रामा जादैछ भने सबैको सुख होस, राम्रो होस भन्दै भाकल राखेका हुन्छन । त्यसरी गरेको भाकल अनुसार कसैले बोका, त कसैले कुखुराको बली चढाउने गर्दछन । यसले उनीहरुले चीताएको कुरा पुरा हुन्छ भन्ने विस्वास छ । अर्का एक जना स्थानयबासी इन्द्र धिमाल ।

खासगरी घोडाालाई महाराजा मानी पुजा गर्ने यो जातीले परापूर्वक कालदेखीनै घोडा र हात्तीलाई विषेश वान बनाउँदै पुा गर्ने गर्दछन । यस ठुलो अर्नाखाडीमा पुजारीको काम गर्नु भएका लाल बहादुर धिमालले अहिले नयाँ पुजारी उत्पादन गर्दै हुनुहुन्छ । मेला भर्ने सहितको पुजा गर्ने कार्यक्रम यहाँ हुने गरेको छ । यसरी हुने उत्सवले पारिवारिक, इष्टमित्र तथा बिभिन्न आफन्तहरुको समेत जमघट गराउने गरेको उहाँले सुनाउनु भयो ।

यहाँ दमक नगरपालिकाले आवश्यक पर्ने संरचना, भवन तथा हल, मन्दिर सबै बनाइदिएको छ । यसको सुरक्षा र संक्षणका लागी नगरपालिकाको समन्वयमा केन्द्र र प्रदेश सरकारको तहबाट समेत बिभिन्न योजनाका काम भएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा