देश विहीनताको पीडा

भुटानीहरूका नभनिएका कथाहरू सार्वजनिक

यो केवल भूतकालको दस्तावेज होइन, वर्तमान र भविष्यका लागि एउटा ऐतिहासिक साक्षी पनि भएको ठहर छ ।

अमेरिका, १० जेठ । ‘पश्चिमी म्यासाचुसेट्समा बसोबास गर्ने भूटानीहरूको नभनिएका कथाहरू’ शीर्षकको एक सशक्त वृत्तचित्र हालै सार्वजनिक गरिएको छ ।

यूनिभर्सिटी अफ मेसाचुसेट्स (यूमास) को इतिहास विभागसँगको सहकार्यमा भुटानी सोसाइटी अफ वेस्टर्न मेसाचुसेट्स (बीएसडब्ल्यूएम) द्वारा निर्माण गरिएको सो वृत्तचित्रले लामो समयदेखि मौन रहेको भुटानी शरणार्थी समुदायको पीडादायी इतिहासलाई पहिलो पटक दस्तावेजी ढंगले प्रस्तुत गरेको छ

मास ह्युमनिटिज र म्यासाचुसेट्स राज्यको एसियाली अमेरिकी तथा प्यासिफिक आइल्याण्डर्स आयोगको आर्थिक सहयोगमा सम्पन्न यो मौखिक इतिहास परियोजनामा पश्चिमी म्यासाचुसेट्समा बसोबास गरिरहेका ५० वर्षमाथिका ६ जना भूतपूर्व शरणार्थीहरूको जीवन अनुभव समेटिएको छ । ती पात्रहरू हुनुहुन्छ : नारद अधिकारी, राम गुरुङ, दिल तामाङ, नारायण अधिकारी, भीम तिवारी र गंगा शर्मा ।

अन्तर्वार्ताकारका रूपमा केविन दर्जी र लीला चम्लागाईंले भूमिका निर्वाह गरेका छन् भने भिडिओ सम्पादन तथा ट्रान्सक्रिप्सनमा हरि खनाल र रमन खनाल सक्रिय रहनु भएको छ ।

वृत्तचित्रले भुटानमा नेपालीभाषी लोछाम्पा समुदायमाथि ‘ड्रिगलम नामजा’ नीतिका नाममा भएको भाषा, संस्कृति, वेशभूषा र नागरिकतामाथिको हस्तक्षेप र १९८५ को नागरिकता ऐनपछि सुरु भएको योजनाबद्ध निष्कासनको कथा सुनाउँछ । लाखौं नेपालीभाषीहरूलाई अवैध नागरिक घोषणा गरी ‘स्वैच्छिक’ माइग्रेसन फारममा हस्ताक्षर गर्न बाध्य पारिएको थियो, जसका कारण उनीहरू आफ्नै देशबाट बलात् निर्वासित भए ।

भारतमार्ग हुँदै नेपाल आएका उनीहरू झापा र मोरङका शरणार्थी शिविरमा पुग्न बाध्य भए । अत्यधिक अभावमा बिताएका ती २२ वर्षका शिविर जीवनमा पनि उनीहरूले सामुदायिक विद्यालय सञ्चालन गरे, स्वास्थ्य सेवा पुर्‍याए र सहनशीलताको उदाहरण प्रस्तुत गरे । तर नागरिकताको टुंगो नलागेपछि, संयुक्त राष्ट्र संघीय शरणार्थी संस्था (युएनएचसीआर) को पहलमा तेस्रो देश पुनर्वासको प्रक्रिया सुरु भयो ।

पश्चिमी म्यासाचुसेट्स आइपुगेपछि उनीहरूले पुनः नयाँ देश, भाषा, समाजसँग जुध्दै आफ्नो पहिचान र भविष्य निर्माणको यात्रा थाले । आज उनीहरू शिक्षक, सामाजिक अभियन्ता, व्यवसायी र स्वास्थ्यकर्मीको रूपमा स्थापित भइसकेका छन् । नयाँ पुस्तालाई शिक्षा र संस्कार हस्तान्तरणमा उनीहरूको योगदान उल्लेखनीय छ

परियोजना निर्देशक दुर्गा गिरीको नेतृत्वमा तयार भएको यो वृत्तचित्र केवल भूतकालको दस्तावेज होइन, यो वर्तमान र भविष्यका लागि एउटा ऐतिहासिक साक्षी पनि भएको ठहर छ । हरि खनाल भन्नुहुन्छ ‘पश्चिमी म्यासाचुसेट्समा भूटानीहरूको नभनिएका कथाहरू’ यस्ता मौन आवाजहरूको समुच्च स्वरुप हो, जसले हजारौं जीवनका सत्यतालाई सार्वजनिक बनाउँछ । यो केवल पश्चिमी म्यासाचुसेट्सका लागि होइन, सम्पूर्ण मानवता र इतिहासका लागि सन्देश हो ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही