अनुशीलन

भुटान फर्किने व्यग्र प्रतीक्षामा सृजनाबाट देश बचाइरहेका दिल

‘देशसँग साहित्य’ भन्ने अभियानसहित सृजनकर्ममा सक्रिय हुनुहुन्छ ।

दमक, १७ जेठ / भुटानको सर्भाङ जिल्लाको छोटाचिराङबाट लखेटिएर ९ वर्षको उमेरदेखि बाबुआमासँग नेपालमा शरणार्थी जीवन विताउन थाल्नु भएका दिल भुटानी भुटान फर्किने व्यग्र प्रतिक्षामा हुनुहुन्छ । आफूलाई डोर्याएर ज्यान बचाउन नेपाल ल्याइपुर्‍याउनु भएका बाबुआमा डम्बरसिंह र लीलावती महत, जीवनसंगिनी तिलारुपा अधिकारी, छोरी अश्लेसा सहितका परिवारका सवै सदस्य तेस्रो मुलुक पुनर्वासमा गएपनि दिल भनें झापाको बेलडाँगी शिविरमा शरणार्थीकै रुपमा रहिरहनु भएको छ ।

 

देशविहीनताको पीडामाझ मोरङको पथरी शनिश्चरे शिविरमा रहँदा शिविर र आसपासमा हुने साहित्यिक गतिविधिले लेख्ने प्रेरणा भरियो । स्वदेशफिर्तीको विकल्पको बाटो खुल्न नसक्दा अधिकांश शरणार्थी तेस्रो मुलुक पुनर्वास भए । तर कुनै न कुनै समय राजनीतिक परिवर्तन भएर स्वदेश फर्किने आशामा रहनु भएका दिल ‘देशसँग साहित्य’ भन्ने अभियानसहित सृजनकर्ममा सक्रिय हुनुहुन्छ ।

 

द लिटरेरी सोसाइटी अफ् भूटानको संस्थापक सदस्य तथा हाल उपाध्यक्ष रहनु भएका उहाँ साहित्य परिषद् –भूटानको नेपाल निर्देशकका रुपमा नयाँ पुस्तालाई भुटानको माटोसँग भाषा र साहित्यलाई जोड्दै आउने अभियन्ताका रुपमा स्थापित हुनुहुन्छ । स्नातक तहसम्म अध्ययन गर्नुभएका उहाँले मुलतः सन् १९९० देखि भुटानबाट विस्थापित हुनु परेको पीडालाई समेटेर २०७८ सालमा ‘नब्बेका घाउहरु’ कविता संग्रह प्रकाशित गर्नुभएको छ । प्रगतिशील साहित्यका पक्षपाती उहाँ स्वदेशफिर्ती अभियन्ताका रुपमा अडिग रहनु भएको छ । उहाँसँग साहित्य र जीवनसंघर्षका सन्दर्भमा उज्यालोखबरको ‘अनुशीलन’ मा गरिएको भिडिओ कुराकानी प्रस्तुत छ :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८