पुष्पकमल दाहाल

माओवादीले बोलायो केन्द्रीय कमिटीको बैठक

 

 

काठमाडौं :

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लेखेको पत्र सार्वजनिक भएपछि दबाबमा परेका नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसै विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ । बैठक माघ २८ र २९ गते काठमाडौंको प्रज्ञा भवन कमलादीमा बस्दैछ ।

केन्द्रीय समिति बैठक पदाधिकारी चयनलगायतका विषयमा टुंगो लगाउन बोलाइएको भए तापनि एमसीसी बैठकको मुख्य एजेन्डा बन्ने भएको छ । अध्यक्ष प्रचण्डले पार्टीभित्रका नेताहरूसँग यस विषयमा आन्तरिक छलफल अगाडि बढाउनुभएको छ । माओवादीभित्रै नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेताहरूले एमसीसीलाई प्रचण्डले लेखेको पत्रलाई लिएर चर्को आलोचना गर्दै आएका छन् ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पत्रको विषयलाई लिएर प्रचण्डको आलोचना गर्नुको कुनै तुक नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रचण्ड संशोधनबिना एमसीसी पारित गर्न नसकिने अडानमा स्पष्ट हुनुहुन्छ, पार्टीभित्र एमसीसी अहिलेकै अवस्थामा पारित हुँदैन भन्नेमा कुनै भ्रम छैन ।’

एमसीसी सम्झौतालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्बाट पारित गर्ने बुँदा घुसाएको उल्लेख गर्दै नेता गजुरेलले विवादित एमसीसी सम्झौता अहिलेकै अवस्थामा अगाडि बढ्न नसक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘राजनीतिक दलहरूको बीचमा साझा धारणा बनाएर मात्र अगाडि बढाउनुपर्छ भन्ने हाम्रो मत छ, सरकारले संसद्मा एमसीसी टेबुल गरे, हामी सरकार छोड्छौं ।’ यसअघि बसेको माओवादीको केन्द्रीय कमिटीको बैठकले एमसीसी सम्झौतामा उल्लेख गरिएका कतिपय बुँदाहरू संशोधन गरेर मात्र पारित गर्न सकिने निर्णय गरेको थियो ।

एमसीसी संसद्बाट पारित गर्नको लागि आइतबार प्रधानमन्त्री शेर बहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसँग वार्ता गर्नुभएको थियो । प्रधानमन्त्रीले एमालेसँग संवाद अगाडि बढाएर प्रचण्डमाथि एमसीसी पारित गर्न दबाब दिनुभएको छ । तर, प्रचण्डको सचिवालयले भने संशोधनबिना अहिलेकै अवस्थामा कुनै पनि हालतमा एमसीसी पारित गर्न नसक्ने स्पष्ट पारेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि दलहरूबीच सहमति नजुट्दासम्म एमसीसी संसद्को कार्यसूचीमा नराख्ने प्रष्ट सन्देश दिइसक्नुभएको छ । सभामुखले दलहरूलाई संसद् सञ्चालन गराउन र एमसीसीको बारेमा सहमति कायम गरेर अगाडि बढ्न आग्रह गर्दै आउनुभएको छ । सरकारले अहिलेकै अवस्थामा संसद्मा एमसीसी टेबुल गरे पनि पारित गर्ने प्रक्रिया नै अगाडि नबढ्ने भएको छ । सभामुख सापकोटा पनि यस विषयमा आन्तरिक छलफलमा जुटनुभएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेको सभामुख नहटाएसम्म संसद् चल्न नदिने अडान र एमसीसी अहिलेकै अवस्थामा अगाडि नबढाउने सभामुखको भनाइले प्रधानमन्त्री शेरबहादुर देउवा थप दबाबमा पर्नुभएको छ ।

देउवा प्रचण्डमाथि छानबिन गर्न माग
एमालेका नेता भीम रावलले एमसीसीलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि छानबिन गरेर कारबाही गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री देउवा र प्रचण्डले लेखेको पत्र सार्वजनिक भएसँगै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आफ्नो धारणा राख्दै रावलले यस्तो माग गर्नुभएको हो । उहाँले संयुक्त पत्रमाथि प्रश्न उठाउँदै पत्र लेखेको विषयमा छानबिन आवश्यक भएको दाबी गर्नुभएको थियो ।

समितिले अमेरिकी एमसीसी सम्झौताबारे छलफल गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकमा भीम रावल लगायतका सांसदले एमसीसीको विषयमा प्रश्न उठाएपछि आगामी बैठकमा एमसीसीबारे छलफल हुने भएको हो ।

बैठकमा माओवादी केन्द्रका सांसद सुदन किराँतीले एमसीसीबारे जनमत संग्रह गर्नुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले पत्र लेख्नु गल्ती भएको बताउँदै उहाँले एमसीसीबारे संसदीय समितिले पनि बोल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सकिन्छ भने जनमत संग्रह गरौं, सकिन्न भने गोलमेच सम्मेलन गरेर एउटा आवाज निर्माण गरौं ।’

समितिका सभापति पवित्रा निरौला खरेलले यसरी पत्र पठाउनु अशोभनीय भएको बताउँदै आगामी बैठकमा यसलाई छलफलको विषय बनाइने बताउनुभयो । उहाँले निरौलाले प्रधानमन्त्री देउवा र प्रचण्डलाई बोलाएर छलफल गर्ने विषयमा निर्णय नभएको जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,