मृत्यु

बिजुली बनाउने क्रममा विद्युत्को पोलबाट खसेर एक कर्मचारीको मृत्यु

 

 

 

विराटनगर  ताप्लेजुङमा विद्युत्को पोलबाट खसेर सोमबार एक कर्मचारीको मृत्यु भएको छ। पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत् प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रुपमा कार्यरत फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बू रहेका छन्। लिम्बू सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोक क्षेत्रमा बिजुली बनाउने क्रममा अचानक पोलबाट खसेर पक्की सडकमा बजारिएका थिए।

गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार उपचारका लागि तत्काल अस्पताल पुर्‍याइएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सगरमाथा सहितका हिमाल आरोहणका क्रममा सात जनाको मृत्यु

काठमाडौं,१६ जेठ । सन् २०२६ को वसन्त ऋतुमा सगरमाथा लगायतका हिमाल आरोहणका क्रममा हालसम्म सात जना आरोही र पथप्रदर्शकको ज्यान गएको छ । त्यसमध्ये दुई

कृषि बजेटप्रति कृषि अभियन्ता नेपालको असन्तुष्टि

काठमाडौं,१६ जेठ । युवा किसान तथा कृषि अभियन्ता दिपेश नेपालले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटले नीति तथा कार्यक्रममा व्यक्त गरिएका कृषि प्राथमिकतालाई पर्याप्त रूपमा

सुरक्षित समाज निर्माणका लागि महिला माथि हुने विभेद अन्त्य हुनुपर्छः राष्ट्रपति

काठमाडौं,१६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिला माथि हुने विभेद, हिंसा तथा असमानताको अन्त्य गरी सम्मानजनक र सुरक्षित समाज निर्माण गर्न सबै पक्षको सक्रिय भूमिका

लायन्स क्लबमा राजनीतिक हस्तक्षेप हुनु हुँदैनः सभामुख अर्याल

काठमाडौं,१६ जेठ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले लायन्स क्लब जस्तो सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने बताउनु भएको छ। लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको

ऊर्जा क्षेत्रमा बजेट सकारात्मक तर दीर्घकालीन लक्ष्यमा अस्पष्ट भएको दुलालको दाबी

काठमाडौं,१६ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव प्रकाश चन्द्र दुलालले आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेटले ऊर्जा क्षेत्रका लागि

मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा रेखा थापा नियुक्त

काठमाडौँ,१६ जेठ । नेपाली चलचित्र क्षेत्रकी प्रख्यात अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अनुबन्धित हुनु भएको छ। अस्पताल र अभिनेत्री थापाबीच आगामी एक