संस्कृति जोगाउन समस्या

धिमाल जातिको जातिरीमा धिमालकै परिकार र पोसाकको स्टल भेटिएन

राज्य स्तरबाट हुने यस्ता लगानीले समुदायको स्तरोन्नती हुन नसकोको भन्दै धिमाल समुदायको नेता र नेतृत्वमा बारम्बार दोहोरिरहने प्रश्न छ ।

दमक, ३, असार । प्रकृति पूजक धिमालहरुले २ महिनासम्म जातिरी अर्थात सिरिजात पर्व मनाउने गर्दछन् । आफुले लगाएको फसलमा रोग किरा नलागी राम्रो उत्पादन दिन सकोस, परिवारमा कोही दुख विराम भए ती रोग र दुख टरेर जाउन भन्दै बैशाख २ गते देखि जातिरी पर्व मनाइन्छ ।

बिभिन्न मनोकाक्षा राख्दै पर्वलाई हर्षोल्लास मनाइन्छ । र यसको समापन असार २ गते चाहि सबै धिमाल जातिहरु एकै ठाउँमा भेला हुने, सामुहिक पूजा अर्चन गर्ने, साङ्गीतिक कार्यक्रम गर्दै नाचगानमा रमाउने र मेला लगाएर किनमेल समेत गर्ने गर्दछन ।

यसमा धिमाल मात्रै नभएर अन्य समुदायको पनि उल्लेख्य उपस्थिती हुन्छ । तर धिमालको मेलामा धिमाल जातिको परिकार र पहिरनका स्टल र व्यापार भने खास भेटिएन ।

मोरङको उर्लाबारी नगरपालिका अन्तर्गत मंगलबारेमा रहेको १० बिघेस्थल । यहाँ झापा, मोरङ र सुनसरी सम्मका धिमालहरुको सामुहिक सहभागिता रहेको थियो । किनकी यहाँ यो समुदायको जातिरी तथा सिरिजात पर्वको अवसरमा भव्य कार्यक्रम थियो ।

कार्यक्रम हुने मञ्चतर्फ धिमालका सास्कृतिक झलकहरु देखाइएको थियो । बडो मनोरञ्जनका साथ कार्यक्रम चलिरहेको थियो ।

अनि यही ठाउँमा धिमाल जातिको सस्कार, सस्कृति, पेसा र सीपको  प्रवर्धन र त्यसलाई संरक्षण गर्न माग गरिरहिको पनि थियो । चर्को आवाजमा यसखाले माग धिमाल जातिले सँधै राख्छन ।

यो माग सुनाउन कहिले कोशी प्रदेशका मुख्यमन्त्री ल्याउछन् कहिले संघीय सरकारका मन्त्री । अनी झापा, मोरङ र सुनसरीका बिभिन्न पालिकाका जप्रतिनिधि , प्रदेश र संघीय सांसद सबैलाई बोलाउँछन् ।

आफ्‌ना माग , समस्या र आवश्यकता दर्शाइरहन्छन् । तर त्यसको सम्बोधन कति भइरहेको छ र त्यसले के परिवर्तन ल्याएको छ भन्ने हेर्न चाहि यही जातिरी मेला घुमे पुग्छ । राज्यका बिभिन्न तहले धिमाल जातिको सीपलाई सम्वर्धन गर्न, परिकारलाई परिस्कृत गर्न भन्दै बजेट दिएर तालिम गर्नु भन्छ । व्यवसायिक बन्नुस हामी साथमा छौ भन्ने कुरा आउँछन ।

वर्षेनी धिमाल जातिका नाममा थुप्रै बजेट पनि बिनियोजन हुने गर्छ । खर्च पनि भएकै छ । तर त्यो खर्चले के उपलब्धि दियो ? प्रश्न गम्भीर बनेको छ । किनकी असार २ गते लगाइने धिमाल जातिको पहिचान र उल्लाससग जोडिएको यो जातिरी मेलामा समेत सरकारी बजेटबाट सिकेको तालिममको उपलभ्धि प्रर्दशन समेत गरिएन ।

न धिमालका महिलाहरुले लगाउने पेटानीको स्टल यहाँ देखियो न कुनै चिचिरी र अन्य कुनै जातीय परिकारको । देखियो त केवल मम , चाउमीन, समोसा, जेरी आइसकृमका ठेलाहरु ।

अनि मौतका कुवा, रोटेपिङ र अन्य खेल तमासा राखेर यसलाई व्यवसायिक मेला भनेर संज्ञा पनि दिइयो । धिमाल जातिको सबै भन्दा ठूलो मेलामा धिमालकै ब्यापार किन नभएको भनेर हामीले धिमाल जातीय विकास केन्द्रका सह अध्यक्ष केदार धिमाललाई प्रश्न गर्दा उहाँ भन्नू हुन्छ ” नया पुस्तामा जातिय परिकार र पोसाकको प्रवर्द्धनमा चासो नै बढेन ।

राज्यले धिमाल जातिलाई जसरी प्रवर्द्धन गर्ने भनेर लागेको छ त्यसरी यही समुदाय चाहि अझै लाग्न सकिरहेका छैनन ।

धिमाल जातिको सम्मानमा झापाको दमक नगरपालिका, मोरङको उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाले त प्रथम नागरिकको दर्जानै दिएर सम्मान गरेका छन्

हरेक वर्ष प्रथम जातिका लागि भनेर लाखौं  बजेट पनि दिने गर्दछन । तर ती सबै बजेट धिमाल जातिको धाम बनाउन र घेराबारा गर्न भन्दै सक्ने गरिएको छ ।

यसले समुदायलाई सीप र रोजगारमा जोड्न अझै सकिरहेको छैन । अनि फेरि धिमाल जातिको महत्वपूर्ण पर्वमा राज्यले सार्वजनिक बिदा समेत दिन आनाकानी गरिरहेको भनेर मन दुखाइएको छ ।

जातिरी पर्वको अवसरमा दमक नगरपालिका, उर्लाबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले स्थानीय बिदा दिएका छन् ।

उनीहरुले यो पर्व सम्पन्न गर्न भन्दै बजेट समेत दिएका छन् । तर राज्य स्तरबाट हुने यस्ता लगानीले समुदायको स्तर उन्नतिमा लगाउन नसकोको भन्दै धिमाल समुदायको नेता र नेतृत्वमा बारम्बार दोहोरिरहने प्रश्न छ । केही नेता र नेतृत्वले यसलाई आफ्‌नो कमाई खाने पेसा नै बनाएको भन्दै बेला बेला सामाजिक सञ्जालमा समेत छरपस्ष्ट हुने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही