दुर्घटना बढयो

तीन वटा गाडी ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

 

 

 

 

विराटनगर। सुनसरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कोशी गाउँपालिका-६ मा स्कारपियो दुर्घटना हुँदा स्कार्पियोमा रहेका सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका ५ का ५० वर्षीय दिलीप मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

दुर्घटनामा कंकालिनी नगरपालिका ५ का ६० वर्षीय लक्ष्मण साफी, ३६ वर्षीय राजेश मेहता, ४४ वर्षीय राम कुमार रजक, ४८ वर्षीय राम कुमारी देवी रजक र ५० वर्षीय उमेश कुमार साफी घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल इनरुवामा उपचार भईरहेको छ ।

 

प्रदेश नं. २-०१-००१ च ००३१ नम्बरको स्कार्पियो गाडी रोकिराखेको अवस्थामा भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिएर अनियन्त्रित हुँदा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ ख ५८३ नम्बरको ट्रकमा समेत ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष