छोरा राम राईको गुनासो

प्रख्यात उपन्यासकार प्रकाश ‘कोविद’ को किन मूल्याङ्कन भएन ?

कोविदका बहुचर्चित उपन्यास ‘नोयो’ र ‘अर्को जन्म’ उहाँको पुस्तकालयमै छैनन् ।

मिरिक, ११ असार / भारतको मिरिकमा टीनको छप्पर, काठको भित्ता अनि अघिल्तिर सिमेण्टले लिपेर बनाइएको सानो आँगन । यस्तै छ अहिले पनि नेपालीभाषी प्रख्यात उपन्यासकार प्रकाश ’कोविद’को घर ।  यसभित्र केही कोठाहरूमध्ये एउटा छ १० अनि १२ फूट आयतनको कोठा । यस कोठामा ’कोविद’ले बनाएका काष्ठ शिल्पहरू सजाएर राखिएका छन् । यसै कोठामा राखिएको शो–केसमा ’कोविद’का उपन्यासहरूको थाक छ । तर उपन्यासहरूको यस थाकमा ’नोयो’, ’अर्को जन्म’ उपन्यास नै छैन । जुन प्रकाश ’कोविद’का अति नै प्रिय उपन्यासहरू हुन् ।

 

यसै कोठामा एक्लै बसेर प्रकाश ’कोविद’ले उपन्यास लेख्नुहुन्थ्यो । जब उहाँले उपन्यास लेख्न थाल्नुहुन्थ्यो उहाँको कोठामा कसैलाई प्रवेश गर्ने अनुमति हुँदैन थियो । एक्लो, शान्त वातावरणमा सिग्रेटको धुवाँ उड़ाउँदै उपन्यास लेख्न बसेपछि एक महिनाको अवधिमा एउटा उपन्यास लेखिसक्नुहुन्थ्यो । प्रकाश ’कोविद’का साइँला छोरा रामले यस्तै जानकारी दिनुभयो । राम राई भन्नुहुन्छ, ‘पापाले काठबाट विभिन्न प्रकारका सजाउने सामग्रीहरू पनि बनाउनु हुन्थ्यो अनि बाँसमा मादल बजाइरहेका मानिसहरूको चित्रहरू पनि बनाउनु हुन्थ्यो । ती चित्रहरू अझैसम्म भोटे बस्ती गाउँका धेरै घरहरूमा सजाएर राखिएका छन् ।’

 

यहाँ मात्रै होइन उहाँले निर्माण गर्नुभएका काष्ठशिल्प तथा अन्य चित्रहरू पहाड़का विभिन्न ठाउँहरूमा पनि देखिएका हुन् । जोरथाङमा आयोजना हुने माघे मेला, जिम खाना तथा अन्य स्थानहरूमा हुने कार्यक्रमहरूमा यस्ता चित्र तथा काष्ठशिल्पहरू राम राई पनि आफ्ना पापासित बेच्न जानुहुन्थ्यो । पापाबाटै प्रेरणा पाएर आफूले पनि बाँसबाट विभिन्न सामग्रीहरू बनाउने गरेको रामले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रा पापाको खास नाम नरबहादुर राई हो । कोविद चाँहि हिन्दी साहित्यबाट प्राप्त भएको उपाधि । उहाँले ५५ वटा जति उपन्यास लेख्नुभयो, कैयन् कथा अनि कविताहरू पनि लेख्नु भएको छ । तरै पनि उहाँले साहित्य क्षेत्रमा दिएको योगदानको कुनै मूल्याङ्कन भएन ।’ रामले थप्नुभयो, ‘त्यति मात्र होइन सन् १९९२ मा पापा बिरामी हुँदा दार्जीलिङका तत्कालीन प्रख्यात साहित्यकारहरू हेर्नसम्म पनि आएनन् । गुमानसिंह चाम्लिङ, सिक्किमकी पूर्व सांसद दिलकुमारी भण्डारी मात्र पापालाई बिरामीको समय स्थानीय प्लाण्टर्स अस्पतालमा हेर्न आएका थिए । त्यो समय नै दिलकुमारी भण्डारीले पापाको अप्रकाशित कृति प्रकाश कोविदका प्रतिनिधि कथाहरू प्रकाशित गरिदिने वचन दिएर सन् १९९४ मा त्यो पुस्तक प्रकाशित पनि गरिदिनु भयो । तर अभाग्यवश त्यो किताब पापाले हेर्न पनि पाउनु भएन । पापाको देहान्त भइसकेको थियो ।’

 

यति भनिरहँदा रामको आँखामा हल्का आँशु छचल्किरहेको थियो । केही बेर भावुक बन्नुभयो । प्रकाश कोविदको ११ नोभेम्बर १९९२ मा देहान्त भएको थियो । रामले पापालाई पुन स्मरण गर्दै भन्नुभयो ‘पापाले सिग्रेट एकदमै बेसी पिउनुहुन्थ्यो । एक दिनमा ६ प्याकेटसम्म सिग्रेट सकिन्थ्यो । पछि फोक्सो अनि कलेजोको समस्याले नै पापाको निधन भयो । त्यो समय उहाँलाई बचाउने धेरै प्रयास गरियो, तर मृत्यु सबैभन्दा बलवान भएर आएको थियो ।’

 

उहाँ फेरि थप्नुहुन्छ ‘पापाले नारायण गोपालका गीतहरू साहै मन पराउनु हुन्थ्यो । त्यसैले टेप रेकर्डरमा नारायण गोपालको गीत बजाएर सुनिबस्नुहुन्थ्यो । घरिघरि आफै पनि ती गीतहरू गुनगुनाउने गर्नुहुन्थ्यो ।’ यसैबीच रामले आफ्ना पिताले लेखेका केही उपन्यासहरूलाई पुनः प्रकाशित गर्ने विचार गरिरहेको पनि सुनाउनु भयो । आफ्ना पितालाई जवान युवतीहरूले लगभग ५० वर्षको उमेरमा पनि प्रेम पत्रहरू पठाउने गरेका घटनाहरूको सम्झना गर्दै राम रोमाञ्चित बन्नुभयो ।

 

कोविदका चारजना छोरा अनि दुईजना छोरीको जन्म भइसकेको थियो । सबै ठूल्ठूला भइसकेका थिए । तरै पनि कोविदलाई केटीहरूले प्रेम पत्र लेख्थे । प्रेमपत्र लेखेर मरिहत्ते गर्नेहरुका लागि कोविदले उल्टै सम्मानसाथ सम्झाउने गर्नुभएको रामले स्मरण गर्नुभयो । एक समय एकैपल्टमा चारजना युवतीले पापालाई प्रेम पत्र पठाएका घटना पनि रामले साझा गर्नुभयो ।
साभार : मिरिकको सेरोफेरोबाट

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण