मुर्ति फेला

बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला

 

 

 

ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मुर्ति फेला परेको छ । खुमलटार स्थित करुणा मन्दिरको हातामा बिहान मुर्ति भेटिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए ।​

क्लासीक टावर पछाडिको मन्दिरमा बोरामा व्याक गरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलेर हेर्दा मुर्ति भेटिएको छ । सो मुर्ति चोरीमा संलग्नहरुको खोज भइरहेको एसएसपी पोखरेलले बताए ।

माघ ९ मा मुर्ति हराएपछि ललितपुर परिसर र महानगरीय अपराध महाशाखाले त्यसबारे अनुसन्धान गरिरहेको थियो । पेशेवर चोरहरुलाई प्रहरीले पक्रेर सोधपुछ गरिरहेको छ । सुनाकोठीका वडा अध्यक्षले मुर्ति फेला पार्नेलाई ५ लाख दिने घोषणा गरेका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।