अस्थायी रूपमा पुल सञ्चालनगरी आयात निर्यात सहज बनाउन आग्रह

 

 

 

 

विराटनगर — विराटनगर हुँदै भारतको बथनाहा–जोगबनी खण्डमा रहेको क्षतिग्रस्त पुलको विकल्पमा निर्माणाधीन नयाँ पुललाई अस्थायी रुपमा सञ्चालन गरी आयात निर्यात सहज बनाउन आग्रह गरिएको छ ।

मोरङ व्यापार संघले भारतका विभिन्न निकायमा पत्राचार गर्दै यस्तो आग्रह गरेको हो । लामो समयदेखि आयात निर्यात प्रभावित हुँदा सुनसरी मोरङ औद्योगिक क्षेत्र समस्यामा परेको छ । कच्चा पदार्थ र अन्य सामान ल्याउन असहज भइरहेको संघले जनाएको छ ।

मिरगञ्ज पुल नजिक निर्माण भइरहेको नयाँ पुललाई तत्कालका लाग अस्थायी रुपमा सञ्चालनमा ल्याउँदा आयात निर्यात केही सहज हुने जनाइएको छ । संघले भारतका प्रधानमन्त्री, सडक, पारवहन तथा राजमार्ग मन्त्री, बिहार सरकारका मुख्यमन्त्री, सडक निर्माण मन्त्री, कला तथा संस्कृति मन्त्री, सडक निर्माण विभागका सचिवलगायतलाई पत्राचार गर्दै उक्त आग्रह गरेको हो । संघका अध्यक्ष नवीन रिजालका अनुसार भारत, अररियाका डिस्ट्रिक्ट मजिस्ट्रेट (डीएम) साँग कुराकानी गरी तीन–चार दिनभित्र उक्त पुल सञ्चालनमा ल्याउन पहल गर्न आग्रह गरिएको छ ।

भारतका सरोकारवाला निकायबीच समन्वय भए ५–७ घण्टाको अवधिमा पुल सञ्चालनमा आउन सक्ने अवस्था देखिएको स्थलगत अध्ययनमा गएका संघका पदाधिकारीले बताएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।