नेपाल र आयरल्याण्डको खेल आज सुरु

 

 

काठमाडौं :   नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोट खेल अघिको अभ्यास खेलका रुपमा रहेको चार देश सम्मिलित टी-२० सिरिजको अन्तिम खेलमा आज (सोमबार) आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।

ओमान स्थित अमरेत क्रिकेट मैदानमा दिउँसो ३:४५ मा सुरु हुने खेलमा नेपाल सिरिजको अन्तिम खेलमा जित निकाल्दै विश्वकप अघि आफुलाई बलियो रहेको प्रमाणित गर्न चाहन्छ।

अघिल्ला दुई खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको नेपालले युएइलाई पनि कडा चुनौती दिएपनि २५ रनले पराजित भएको थियो। त्यसैले अन्तिम खेलमा टेस्ट राष्ट्र आयरल्यान्डलाई पराजित गर्दै बलियो आत्माविश्वासको खोजिमा रहेको छ।

आयरल्यान्ड भने ओमानलाई ९ विकेटले हराउँदा युएईसँग १३ रनले पराजित हुन पुगेको थियो। त्यसैले अन्तिम खेलमा नेपाललाई हराएर उसले पनि विश्वकप छनोटमा आफु बलियो रहेको सन्देश दिने प्रयास गर्ने छ।

नेपालले सुरुवाती दुई खेलमा धेरै खेलाडीलाई मौका दिंदै आफ्नो उत्कृष्ट ११ खेलाडी छनोटको अवसरका रुपमा प्रतियोगितालाई लियो। तर अन्तिम खेलमा भने आफ्नो विश्वकप छनोटको बलियो टीम मैदानमा उतार्ने प्रयास प्रशिक्षक पुवुदुले गर्ने छन्।

प्रशिक्षक पुवुदु दशानायके र कप्तान सन्दीप लामिछानेले पहिलो खेलमा सागर ढकाल र विवेक यादवलाई टी-२० मा डेब्यूको मौका दिंदा दोस्रो खेलमा लोकेश बमलाई डेब्यूको अवसर दिएको थियो। आयरल्यान्डविरुद्ध कुशल भुर्तेल र करण केसी खेलमा फर्किन संभावना बलियो छ। यसअघि दुबै चोटका कारण  सुरुवाती दुई खेलमा थिएनन्।

सुरुवाती दुई खेलमानै मौका पाएपनि अनुभवि ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको प्रदर्शन राम्रो भएको छैन्। त्यसैले यि दुई खेलाडीको विकल्प आज दिने संभावना उच्च छ  यस्तोमा दोस्रो खेलमा संभावना युक्त इनिङ खेलेका लोकेश बमले पुन अवसर प्राप्त गर्ने संभावना छ।

आयरल्यान्ड र नेपालबीच दुई टी-२० अन्तराष्ट्रिय खेल भएको छ। जसमा दुबै खेलमा आयरल्यान्डले विजयी भएको छ। २०१५ को टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल आयरल्यान्डसँग ५३ रनमा अल आउट हुँदै ८ विकेटले पराजित भएको थियो। २०१९ मा पाँच देश सम्मिलित टी-२० सिरिजमा नेपाल १३ रनले पराजित भएको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।