नेपाल र आयरल्याण्डको खेल आज सुरु

nepal_3Y7ymXTH46

 

 

काठमाडौं :   नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोट खेल अघिको अभ्यास खेलका रुपमा रहेको चार देश सम्मिलित टी-२० सिरिजको अन्तिम खेलमा आज (सोमबार) आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।

ओमान स्थित अमरेत क्रिकेट मैदानमा दिउँसो ३:४५ मा सुरु हुने खेलमा नेपाल सिरिजको अन्तिम खेलमा जित निकाल्दै विश्वकप अघि आफुलाई बलियो रहेको प्रमाणित गर्न चाहन्छ।

अघिल्ला दुई खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको नेपालले युएइलाई पनि कडा चुनौती दिएपनि २५ रनले पराजित भएको थियो। त्यसैले अन्तिम खेलमा टेस्ट राष्ट्र आयरल्यान्डलाई पराजित गर्दै बलियो आत्माविश्वासको खोजिमा रहेको छ।

आयरल्यान्ड भने ओमानलाई ९ विकेटले हराउँदा युएईसँग १३ रनले पराजित हुन पुगेको थियो। त्यसैले अन्तिम खेलमा नेपाललाई हराएर उसले पनि विश्वकप छनोटमा आफु बलियो रहेको सन्देश दिने प्रयास गर्ने छ।

नेपालले सुरुवाती दुई खेलमा धेरै खेलाडीलाई मौका दिंदै आफ्नो उत्कृष्ट ११ खेलाडी छनोटको अवसरका रुपमा प्रतियोगितालाई लियो। तर अन्तिम खेलमा भने आफ्नो विश्वकप छनोटको बलियो टीम मैदानमा उतार्ने प्रयास प्रशिक्षक पुवुदुले गर्ने छन्।

प्रशिक्षक पुवुदु दशानायके र कप्तान सन्दीप लामिछानेले पहिलो खेलमा सागर ढकाल र विवेक यादवलाई टी-२० मा डेब्यूको मौका दिंदा दोस्रो खेलमा लोकेश बमलाई डेब्यूको अवसर दिएको थियो। आयरल्यान्डविरुद्ध कुशल भुर्तेल र करण केसी खेलमा फर्किन संभावना बलियो छ। यसअघि दुबै चोटका कारण  सुरुवाती दुई खेलमा थिएनन्।

सुरुवाती दुई खेलमानै मौका पाएपनि अनुभवि ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको प्रदर्शन राम्रो भएको छैन्। त्यसैले यि दुई खेलाडीको विकल्प आज दिने संभावना उच्च छ  यस्तोमा दोस्रो खेलमा संभावना युक्त इनिङ खेलेका लोकेश बमले पुन अवसर प्राप्त गर्ने संभावना छ।

आयरल्यान्ड र नेपालबीच दुई टी-२० अन्तराष्ट्रिय खेल भएको छ। जसमा दुबै खेलमा आयरल्यान्डले विजयी भएको छ। २०१५ को टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल आयरल्यान्डसँग ५३ रनमा अल आउट हुँदै ८ विकेटले पराजित भएको थियो। २०१९ मा पाँच देश सम्मिलित टी-२० सिरिजमा नेपाल १३ रनले पराजित भएको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित