पोषणले शिक्षालाई बल

विद्यालयको दिवा खाजामा अब गाउँको उत्पादन

स्थानीय परिकारमार्फत गौरिगञ्जमा पोषण र रोजगारी प्रवर्द्धन अभियान सुरु

 

 

गौरिगन्ज | ३ साउन | “होम टु होटल, होटल टु हस्पिटल” जस्ता जीवनशैलीजन्य समस्याको समाधान गाउँमै खोज्ने प्रयासस्वरूप गौरिगञ्ज गाउँपालिकाले विद्यालय स्तरमा दिइने दिवा खाजालाई गाउँमै उत्पादन हुने परिकारबाट प्रतिस्थापन गर्ने अभियान सुरु गरेको छ।

 

शुक्रबार सम्पन्न कार्यक्रममा सरकारी विद्यालयका प्रधानाध्यापक, पालिका प्रतिनिधि र सरोकारवालाहरूले विद्यालय खाजामा स्थानीय अन्न, सातु, फापर, मकै, कोदो लगायतका पोषिलो परिकारको प्रयोग बढाउन सहमति जनाएका छन्।

 

“पोषणले शिक्षालाई बल दिन्छ, बालबालिकाको स्वास्थ्य सुधारसँगै गाउँको उत्पादनमा आत्मनिर्भरता ल्याउँछ,” उपाध्यक्ष पुजन न्यौपाने कुवरले बताउनु भयो ।

 

पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसनको पहलमा स्थापना गरिएको “गौरी फुड प्रोडक्ट” मार्फत उत्पादन भएको परिकार विद्यालयमा खाजाका रूपमा प्रयोग हुने भएको छ। हालसम्म ६ जना स्थानीयले तालिम लिएर उत्पादन प्रक्रिया सुरु गरिसकेका छन्।

 

बालबालिकाको पोषण सुरक्षादेखि महिला र युवाको रोजगारीसम्म जोडिएको यो अभियान आगामी दिनमा कोशी प्रदेशका अन्य पालिकामा पनि विस्तार गरिने घोषणा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही